काठमाडौं, १० मंसिर/  पहिलो चरणमा निर्वाचन भइरहेका ३२ जिल्लामा सवारी साधन बन्द गरिएको छ । निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएपछि ती क्षेत्र भएर चल्ने सवारी बन्द भएका हुन ।

पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा गएराति १२ बजेदेखि आज साँझ ५ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ ।

सवारी साधन सञ्चालनमा रोक लगाइएपछि पृथ्वी राजमार्ग र अरनिको राजमार्ग भएर ओहोर–दोहोर गर्ने सवारीसाधन प्रभावित भएका छन् ।