नेपालगञ्ज, २४ कात्तिक/ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको विशेष टोलीले नेपालगन्ज उपमहानगरपालिका–५ स्थित एक पसलमा छापामारी भन्सार छलि ल्याइएका कपडा बरामद गरेको छ ।
नेपालगन्जको न्युरोडमा रहेको माँ जय भवानी ढुवानी सेवामा प्रहरीले छापा मार्दा विना विल भरपाईको अवैध कपडा बरामद गरेको हो । प्रहरीले कपडासँगै कपडा ल्याउने ३ जना भारतीय नागरिकलाई पनि ३ थान साईकल सहित पक्राउ गरेको छ । जाडो सिजन सुरु भएसँगै विभिन्न स्थानमा पठाउनका लागि तयारी अवस्थामा राखिएको कपडा विशेष प्रहरी टोलीले छापा मारेर वरामद गरेको हो ।
ढुवानी सेवामा विना विलको १ सय ८० थान न्यानो कपडा स्विटर, २० थान लेगिज, २१ थान कुर्ती लगायत ३ बोरा विभिन्न प्रकारका कपडा फेला पारेको प्रहरीले जनाएको छ ।
ढुवानी सेवामा विना विल राखिएको कपडा रहेको सुचनाका आधारमा प्रहरीले छापा मारेर कपडा बरामद गरेको हो । बरामद भएको कपडा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्