कोहलपुर, २४ कात्तिक/ चपरगौडी बजार सुधार समितिको अध्यक्षमा एकनाराण चपागाई निर्वाचित भएका छन् । समितिको बिहिबार चपरगौडीमा बसेको भेलाले चापागाईलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा एम.डि कडेल, सचिवमा देविन सुवेदी, सहसचिवमा मधु खनाल, कोषाध्यक्षमा प्रमोद गिरी, निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा शान्ति थापा, पे्रमनाथ ज्ञवाली, धुर्व श्रेष्ठ, सरोज गोपाल पन्थी, ज्ञान प्रसाद पौडेल, जनक शाही, शम्भु ढकाल र माधव पौडेल रहेका छन् ।
त्यस्तै समितिको सल्लाहकारमा चन्द्र भुषाल, भिम प्रसाद देवकोटा, नारायण साहसी, मोतीप्रसाद सुवेदी, ज्ञानेन्द्र खनाल, मातृका सापकोटा, तथा खेम शर्मा रहेका छन् ।
भेलामा बोल्दै समितिका पुर्व अध्यक्ष चन्द्र भुषालले चपरगौडी बजार पुर्वपश्चिम राजमार्गको केन्द्र विन्दु भएकोले बजारलाई सुदृढीकरण गरी होटलहरुमा यात्रुलाई स्वच्छ र ताजा खानाको व्यवस्था गर्नुपर्ने बताए । यस अघिको समितिले देउसी भैलोको रकमबाट प्रहरी बिटको स्थापना र २५ मिटर बाटो व्यवस्थापनमा राम्रो भूमिका निर्वाह गरेको जानकारी गराउदै उनले नव निर्वाचित समितिले पनि यस्ता कार्यहरुलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा सल्लाहकार तथा कोहलपुर उद्योग वाणिज्य सघंका उपमहासचिव मातृका प्रसाद सापकोटा, होटल व्यवसायी सघं बाँकेका सचिव खेम शर्मा, बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका स्ववियू सभापति दिनेश केसी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्