25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

गोठालो जाँदा यौन सम्पर्क, रहस्य लुकाउन १३ वर्षीय भाइको हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४  

कर्जन्हा नगरपालिका २ बन्दिपुरमा यौन सम्बन्ध लुकाउन १३ वर्षीया बालक भवेश यादवको हत्या गर्ने अभियुक्त १४ वर्षीय संजयकुमार साह र १६ वर्षीया प्रियङ्का यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार प्रियङ्का मृतक भवेश यादवकै ठूलो बुबाकी छोरी हुन् । संजय धनुषा धनौजीकट्टी ५ का नथुनी साहका छोरा हुन् । उनी कर्जन्हा नगरपालिका २ स्थित मामा नविन साहको घरमा बसेर पढ्दै छन् । मृतक भवेश र संजय गाउँमा जहिल्यै सँगसँगै खेल्ने गर्थे ।

‘कार्तिक १ गते भैंसी चराउन जाँदा कमला नदी किनारको नर्सरीमा प्रियङ्कासँग संजयले यौन सम्पर्क राखेका थिए’, प्रहरी नायब उपरीक्षक गज्जुसिद्धी बज्राचायले भने, ‘यौन सम्पर्क राखेको दृष्य भवेशले देखेका थिए । त्यसैले अरुलाई सुनाइदिन्छ कि भनेर प्रियंका र संजयले उनको हत्या गरेका अनुसन्धानबाट खुल्न आएको छ ।

प्रियंका र सञ्जयले आफूहरुको कर्तुत सार्वजनिक नगर्न आग्रह गर्दा उनले अभिभावकलाई सुनाउने भनेपछि हत्या गर्ने योजना बनाएको र सोही अनुरुप पटाका र मोबाइलको प्रलोभन देखाई घर नजिकैको वनमा लगेर हत्या गरेको प्रहरी बयानमा बताएका छन् ।

प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४     4:42:54 PM  |