कोहलपुर, २५ भदौ ।
पञ्चकोशी आइडलको उपाधी जिते सगै गायन यात्रामा प्रवेश गरेकी विमला बि.क. यतिबेला चर्चामा छिन । १४ वषर््ाको उमेरमा उनले गाएको ‘धक धक धडकियो धडकन बोलको गित निकै चर्चित बन्यो ।
यसै गितले विमलालाई गायन क्षेत्रमा निकै चर्चित बनायो । सानै उमेरमा गायन यात्रामा प्रवेश गरेकी विमला, लोक, आधुनिक तथा आइटमका सबै विधाका गीतहरु गाउन सक्छिन् ।
आइकम उर्तिण गरेसकेकी कोहलपुर ८ पिपरीका १९ वर्षीया विमलाले एक दर्जन गीतमा स्वर दिइसकेकी छिन् । रेडियो प्रतिबोध एफ.एम. कोहलपुरमा २ वर्ष बाल कार्यक्रम संचालिकाको रुपमा काम गरिसकेकी विमलाले आफ्नै लय शब्दमा बजार आएको यता मेरो सानु सडक तिरै बास छ बोलको गीत उनलाई निकै मन पर्ने गीत हो । सूर्खेतका लोक गायकले धन राज चुनारले आफुलाई निकै सहयोग गरेको बताउछिन ।
पैसा हुनेहरु मात्र नभई गला र कला हुने अवसर पाउनु पर्ने मान्यता राख्ने गरी विमलाले स्थानीय स्तरमा आयोजना गरिने सांस्कृति महोत्सव आफु जस्ता स्थानीय कलाकारलाई अवसर नदिएको उनको गुनासो रहेको छ । धक धक धडकियो धटकन, नक्कली मोरीले, याता मेरो सडक तिर बास छ जस्ता चर्चित उनले गायका गीतहरु बजारमा छन् । प्रस्तुति ः कविन्द्र