15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

तेक्वान्दो संघ बाँकेको अध्यक्षमा थापा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४  

कोहलपुर, २५ भदौ ।
नेपाल तेक्वान्दो संघ बाँकेको अध्यक्षमा नेत्रबहादुर थापा निर्वाचित भएका छन् ।

12

शनिबार संघको १३औँ साधारण सभाबाट थापाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा सिद्धबहादुर चन्द, सचिवमा प्रकाश लामिछाने, कोषाध्यक्षमा तिर्थबहादुर शाह चयन भएका छन् ।

त्यस्तै सदस्यमा सरोज उप्रेती, चन्दा थापा, उमा थापा, भक्तबहादुर थापा, गिता श्रेष्ठ रहेको निर्वाचन समिति संयोजक जगत बुढाथोकीले जानारी दिए । संघको सह–सचिव र एक जना उम्मेदारी नपरेकोले सोही कार्यसमितिले मनोनित गर्ने बुढाथोकीले बताए ।

प्रकाशित मितिः आइतवार, भदौ २५, २०७४     12:08:26 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *