19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

छोराको जीवन बचाइदिन याचना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४  

कोहलपुर, ३० जेष्ठ / राजापुर नगरपालिका वडा नं ३ मुरैयाका कुलप्रसाद थारुले आफ्नो २१ बर्ष छोराको जीवन बचाइदिन सहयोगको याचना गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएपछि उनले हाईपोलिस्टिक एनिमिया रोगबाट पीडित छोरा देवराजको उपचारार्थ सहयोग गर्न देशविदेशमा रहेका सबैमा आग्रह गरेका हुन् । उनको अहिले निजामती सेवा अस्पताल काठमाण्डौमा उपचार भैरहेको
छ । अस्पताले २० लाख रुपैंया लाग्ने जनाएको कुलप्रसाद बताउँछन् ।
छोराको उपचार खर्च जुटाउन सदरमुकाम गुलरिया आएका कुलप्रसादले सबैलाई आफनो छोराको जीवन बचाउन आग्रह गरेका छन् । देवराजको उपचारमा सहयोग गर्न चाहनेले कुलप्रसाद थारुको बैंक अफ काठमाण्डौमा रहेको खाता नम्बर ०५५१००००००१३५२४मा सहयोग रकम जम्मा गर्न सक्ने
छन् । साथै ९८४८०९०६९४ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने कुलप्रसादले बताए ।
यसैबीच देवराजको उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराउन राजापुर नगरपालिका, विपन्न नागरिक उपचार सिफारिस समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य समेतले आवश्यक सिफारिस गरिदिएका छन् ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४     12:53:21 PM  |