16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

मतदाता शिक्षामा जोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १३, २०७४  

कोहलपुर, १३ जेष्ठ  /  जेठ ३१ गते हुने दोश्रो चरणको स्थानीय निर्वाचनलाई लक्षित गरि गाउँगाउँमा मतदाता शिक्षालाई जोड दिइएको छ ।
नमुना मतपत्र लिएर घर घरमा गई स्वयम्सेवकहरुले मतदान कसरी गर्ने बारे शिक्षा दिई रहेका छन् । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यलय नेपालगञ्जको आयोजनामा मतदाता शिक्षा प्रभावकारी बनाउन जेठ ५ गते देखि २७ गते सम्म भोट कसरी दिने भन्ने बारे शिक्षा प्रदान गरिएको हो ।
मतदाता शिक्षा प्रभावकारी बनाउन र घरदैलो सम्म पु¥याउनका लागि मतदाता शिक्षा आयोजना गरीएको कार्यलयले जनाएको छ । पहिलो चरणको चुनाबमा मतपत्र बदर सङख्या धेरै भएको गूनासो आएपछि दोश्रो चरणको चुनावमा कम भन्दा कम मतपत्र बदर होस् भन्ने उद्देश्यका साथ मतदाता शिक्षालाई जोड दिइएको क्षेत्रिय निर्वाचन कार्यालयले जनाएको छ ।
बाल विकासका शिक्षिका रेखा खड्काको दैनिकी मतदाता शिक्षा दिने मै बितिरहेको छ । उनका अनुसार टोल टेलमा गई वुद्घ ता वृद्घाहरुलाई बुझाउन र महिलाहरु बुझाउन अलि कठीन रहेको उनले बताइन् ।
घरमै सिमित हुने महिलाहरुका लागि यो मतदाता शिक्षा र वृद्घ,वद्घाहरुका लागि यस मतदाता शिक्षाले धेरै सहयोग पुगेको राप्ती सोनारी ८ की व्यवसायी टिका के.सीले बताइन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १३, २०७४     12:31:18 PM  |