27 February 2021  |   आइतवार, फाल्गुन १६, २०७७

कोहलपुरमा निःशूल्क योग शिविर हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २५, २०७३  

कोहलपुर, २५ चैत्र  / कोहलपुरमा निःशूल्क बृहत योग विज्ञान शिविर हुने भएको छ । योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपालको आयोजनामा चैत्र २६ गतेदेखि ३१ गते सम्म निःशुल्क योग शिविर हुने भएको हो ।
बिहीबार पत्रकार सम्मेलन गर्दै शिविरमा पतञ्जली योग समिति नेपालका प्रशिक्षक लोकनाथ खनाल मुख्य प्रशिक्षकको रुपमा रहने योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपालका प्रचार प्रसार विभाग प्रमुख जयसिंह केसीले जानकारी दिए ।
योगको महत्व बारेमा बुझाउनका लागि शिविर आयोजना गर्न लागिएको योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपालका अध्यक्ष नम प्रसाद शर्माले बताए । उनका अनुसार मानव स्वास्थ्यका लागि योगा अपरिहार्य छ । साथै योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपालको नेतृत्वमा निकट भविष्यमा पतञ्जली सामूदायिक आयुर्वेद एवम् प्राकृतिक अस्पताल सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।
निःशूल्क योग शिविरका लागि बाँके क्षेत्र नं. १ को सांसद विकास कोष, कोहलपुर नगरपालिका, विभिन्न संघ÷संस्था लगायतले सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २५, २०७३     1:36:55 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *