4 March 2021  |   बिहिबार, फाल्गुन २०, २०७७

हाम्रो भविष्य कृषिको आधुनिकरणको सवाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ६, २०७३  

सूर्य ढकाल
मैले जति जाने बुझेको र थाहा पाएको छु अरुले यति जाने बुझेका नै छैनन भन्ने पक्षमा मछदै छैन् । पढेका देश दुनिया बुझेका, घुमेका देश दुनिया परिर्वतन र्गछु भनेर जेल नेल खाएका नेताहरु नभएका होइन तर किन आर्थिक परिवर्तन हुन सकेन् । राजनीतिक परिवर्तनसँग सँगै आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन गर्न र हुन नसक्दा हामीले बलिदान गरेर ल्याएका परिवर्तनहरु संस्थागत हुन नसक्नु एउटै परिवर्तनका लागी बारम्बार संघर्ष आन्दोलन गर्नु पर्ने रोगबाट हामी ग्रस्त भएका छौं । उपरि ढाचामा भएको परिवर्तनले मात्र आधारको परिवर्तन र स्पान्तरण गर्न सक्दो रहेनछ । राजनीतिक परिवर्तनसँगै आर्थिक सामाजिक तथा साँस्कृतिक परिवर्तन गर्ने सफल भएका देश आर्थिक रुपले धेरै अगाडी बढे हामी राजनैतिक परिवर्तनसँगै आर्थिक परिवर्तन गर्न नसक्दा पछाडि प¥यौं । नेपालको अर्थतन्त्रको आधारका रुपमा रहेको कृषि क्षेत्रको आधुनिकरण बिना राष्ट्रको आर्थिक समृद्धिको कल्पना पनि गर्न सकिदो रहेनछ ।
उत्पादनका साधन मध्य जमिनको न्यायोचित वितरण गर्न नसकेकै कारण आर्थिक बहस, स्टमको कुरा, इच्छा शक्तिको अभाव, विदेशी हस्तक्षेप, गुजरामुखी कृषि, राजनीतिक अस्थिरता, १० वर्ष हिसात्मक युद्व, सामान्तीवादी सोच, युवा शक्ति विदेश पलायन, विकासको वस्तुनिष्ट मोडल, विकास विवेकमा भर जस्ता विषयले राष्ट्रवादि नेपाली जनताको टाउको दुखाई बनिरहेको छ । जनताले चुनेर पठाएको जनप्रतिनिधिहरुले जारी गरेको संविधान विभिन्न सकसपुर्ण प्रतिकुलतालाई चिर्दै मुलुकले संघिय लोकतान्त्रीक गणतन्त्रको संविधान पाएको एक वर्ष बिति सकेको छ । छ दशक देखि नेपाली जनताले उठाउँदै आएको राजनैतिक मुद्वा संस्थागत भएको छ । हामी जुनसुकै समुदाय, वर्ग जाति, भाषा धर्म संस्कृति लिङ्ग वा क्षेत्रका भए पनि सार्वभौम अधिकार सम्पन्न स्वाभिमानी नेपाली नागरिक भएका छौं । दिगो शान्ती, सुशासन, विकास र समृद्धिको नयाँ ढोका खुलेको छ । यो परिवर्तनले पहिलो पटक राजनैतिक आर्थिक सामाजिक र साँस्कृतिक रुपमा नेपाली जनताको प्रगतिको बाधक बनेको सामान्ती व्यवस्थाका आधारहरु भत्किसकेका छन । नेपाली समाज पँुजिवादी उत्पादन पद्वतिमा प्रवेश गरिसकेको छ । विकसित देशहरुको तुलनामा नेपालको आर्थिक र सामाजिक अवस्थाबाट हामी धेरै पछाडि परेका छौं । नेपालको जनसख्याको दुई तिहाई भन्दा बढी जनसख्या ज्यालादारी श्रममा संग्लन भएको देखिन्छ । कृषिमा आश्रित हुनेहरुको सख्या कुल जनसख्याको एक चौथाई भन्दा कम देखिन्छ ।  यसबाट के पुष्टि हुन्छ भने नेपाली समाज समान्ती होइन, पुँजिवादी उत्पादन पद्वतिमा र सामान्ती उत्पादन सम्बन्धमा होइन पँुजिवादी उत्पादन सम्बन्धमा रुपान्तरण भइसकेको छ । तर पनि नेपाली पुँजिवादको चरित्र औधौगिक नभई दलाली चरित्रको रहेको छ । यसैकारण सबै क्षेत्र धारासाहि भएका छन । कृषि क्षेत्रको उत्पादन समेत परर्निभरतामा रहन परेको छ । व्यक्तिको स्वतन्त्रता तथा स्वाभिमान कायम राख्न आत्मनिर्भर तथा स्वालम्बी हुनु व्यक्ति वा राष्ट्रको पहिलो सर्त हो सम्वृद्वि । कृषिप्रधान मुलुक भए तापनि वार्षिक खबौं रुपया बराबरको कृषिजन्य वस्तु आयात हुने गर्छ । हिमाल पहाड र तराई सबै मौसमा फल्ने समेत आलु पाँच अर्बको आयात, हरियो तरकारी चार अर्बको, प्याज दुई अर्बको गोलभेडा ४५ करोड, मेवा २ अर्ब खरवुजा १ अर्ब को आयात हुन्छ , चामल १२ अर्ब ३८ करोड, मासु १७ अर्बको आयत हुने देशका नागरीक हौं हामी । उता कामको खोजिमा लाखौं युवाहरु विदेशी भूमिमा रगत पसिना बगाईरहेका छन् । हामी कृषि क्रान्तिको जुन बहस आज गर्न खोजेका छौं, युरोपमा यस्तो बहस अढाई सय वर्षअघि भएको थियो । एशियाली देशहरुमा झण्डै ७० देखी विकासको कुरा भई रहेको छ । हामीले २००७ सालमा प्रजातन्त्र प्राप्त ग¥यौं । त्यस यता ६५ वर्ष बिते । सन् १९७१ मा पहिलो पटक अल्पविकसित राष्ट्रहरुको सूचि तयार हुँदा नेपालसँगै चार दर्जन देश त्यसमा थिए । आज हामी त्यही छौं तर धेरै देश आर्थिक रुपले उकालो चडिसके । ५० वर्षमा एशियाकै केही देश जर्जर गरिबि बाट उढे र समृद्विको शिखर चुम्दैछन्, १९६५मा नेपालको प्रतिव्यक्ति आय ६५ डलर हुँदा मलेशियाको ३५० डलर, कोरियाको १०५ डलर थियो । आज नेपालाको भन्दा कोरियाको प्रत्तिव्यक्ति आय ४० गुण बढी छ । मलेशियाको प्रतिव्यक्ति आय सात हजार पुग्यो ।  मलेशिया विश्वको १७औ औधोगिक मुलुक हो । साधन श्रोत हुँदा हुँदै पनि हामी भने गरिबको रेखामुनि अडकिएका छौं । हामीसँगै परिवर्तन भएको भारत विश्वको सातांै औधौगिक देश भएको छ, चनि विश्वकै पहिलो अर्थतन्त्र हुदैछ । सिङ्गगापुर एशियाको बाघ बनेर गर्जदै छ । जबकि हामीले प्राप्त राजनीतिक उपलब्धीलाई पटक पटक गुमायांै लडिरहौं । समृद्वि हाम्रो मृगतृष्ण भयो । २१औं शताब्दीमा पनि नेपाली कृषि भुमिको ठुलो हिस्सा निर्वाहमुखि उत्पादनमा प्रयोग भएको
छ । निर्वाहमूखि कृषि उत्पादन प्रणाली मानव जाति कृषि युगमा प्रवेश गर्दा पनि र सामान्ती उत्पादन प्रणालीमा पनि ठुलो हिस्सा निर्वाहमुखि उत्पादन प्रणालीमै प्रयोग भयो । संसारका जुन जुन देशहरुमा जतिछोटो कृषि उत्पादनमा व्यवसायिकरण भयो ति देशहरुले पँुजिको बिकास गर्न सफल भए जुन देशले ढिला गरे सबै देशको हालत हाम्रो जस्तै भयो । नेपाली जनताले अपेक्षा र अनुभुति हुने गरि परिर्वतनको अनुभुति हुन नसकेता पनि नेकपा एमालेको २०५१ सालको क. मनमोहन अधिकारीको नेतृत्वको सरकारले आफनो गाउँ आफै बनाउ कार्यक्रम अन्तर्गत सिधै काठमाण्डौबाट राजधानिबाट गाउँमा पैसा पठाउने बैधानिक व्यवस्था गत्यो तब गाउँमा बाटो स्कुल पुल पुलेसा खानेपानी स्वथ्य चौकी आदि निर्माण गर्ने काम तिब्र गतिमा भई रहेको अवस्था छ ।अहिले करिब २५ हजार किलोमिटर सडक निर्माण भई ७५ जिल्ला मध्य दुई जिल्ला बाहेक सबै जिल्ला सदर मुकाममा बाटो पुगेको अवस्था छ । १३ लाख भन्दा बढी गाडिहरु गुडदछन् । हवाई यातायात पनि धेरै जिल्लामा पुगेको अवस्था छ । सञ्चार प्रविधिको विकास पनि उल्लेखनिय प्रगतिा भएको छ । रेडियो नेपाल एफएम करिब ५०० भन्दा बढी टिभी १५, दैनिक साप्ताहिक, अर्धसाप्ताहिक पाक्षिक मासिक चौमासिक, अर्धसाप्ताहिक, अर्ध वार्षिक, वार्षिक गरि ६ हजार १७१ पत्रिकाहरु प्रकाशित वा संचालनमा रहेका छन् । टेलिफोन प्रयोग कर्ता करिब १ करोड ६० लाख भन्दा माथी रहेका छन् । शैक्षिक स्वथ्य क्षेत्र बैङ्किक क्षेत्र सबै क्षेत्रमा उल्लेखिनिय प्रगति भएको छ ।
यि सबै क्षेत्रको विकासले सिङ्गो मुलुक र नेपाली जनताको चेतनाको विकासमा महत्वपुर्ण योगदान गरेका छन्, यो चेतनाले अब गर्ने र संचालन हुने, विज्ञान प्रविधिलाई समाउन सक्ने वातवारण तयार भएको छ । विकसित देशले जसरि विज्ञान र प्रविधिको प्रयोग गरेर कृषिको आधुनिकरण गरे त्यही बाटोमा नहिडि सुख्ख छैन्, अब हामीलाई पनि कृषिमा राज्यले सहुलियत दिनु प¥यो । अब उत्पादन घरको लागी होइन बजारको लागी गर्ने चेतना राजनीतिक दल र तिनका नेताहरुले आफ्ना कार्यक्रता र शुभचिन्तकलाई भन्नु प¥यो । एक व्यत्तिले १० थरिका वाली र १० थरिका तरकारी फलफुल लगाउने प्रचलनलाई कानुनि रुपले रोक्नु पत्यो । जे गरे पनि व्यवसायिकरण गर्ने हिसाबले गर्ने स्टमको विकास गर्न सक्नु प¥यो । कृषि भुमिको खण्डीकरण, सिंचाइृको अभाव, आधुनिक विउ विजन, मलको अभाव, व्यवस्थीत बजारको अभाव, आधुािक यन्त्रहरुको अभाव, कृषि सडको अभाव, कृषि औधोगिकरणमा वाधा रहेका सबै व्यवधानहरुलाई कानुनि रुपले व्यवस्था मिलाउनको साथ हटाउन पर्नेहरु हटाउन सक्नु पदर्छ । कृषिको आधुनिकरण गर्दा हाम्रा छिमेकी देशकोबारेम पनि ज्ञान हुन जरुरी छ । छिमेकी देश भारतले कृषिमा यथेष्ट सहुलियत दिएको छ त्यसकारण भारतको कृषि उत्पादन लागत कम हुन जान्छ हाम्रो महगो पर्ने हुँदा बजारमा प्रतिष्प्रर्धा गर्न किसानलाई गाह्रो छ । नेपाल हावापानी र माटोको दृष्टिले सबै किसिमका कृषि उत्पादनको निम्ति अनुकुल मुलुक मानिन्छ । खाद्यान्य, तरकारी, विभिन्न नगदे वाली, फलफुल, जडिबुटी औद्योगिक कच्चा पदार्थ धेरै थोरै नेपालमा उत्पादन हुन्छन् । अनुकुल माटो र हावापानी प्रचुरमात्रमा जलसोत छ काम गर्ने बलिया र जागरिला पाखुरा छन सरकार र बैडकसँग प्रशस्त पैसा छ तर यसको उचित संयोजन हुन सकिरहेको छैन । कृषि व्यवसायिकरणका लागी अव्यवस्थीत बसोवास, व्यवस्थीत बसोवासम रुपान्तरण गर्ने र खण्डीकरणबाट उत्पन्न समस्याको पनि दिर्घकालिन समाधन खोज्नु पदर्छ । कृषिको व्यवसायीकरणका लागी सबैभन्दा ठुलो बाधा भनेकै व्यक्तिगत स्वाभित्वमा रहेको अनुत्पादक जमिन नै हो । जमिनलाई चक्लाबन्धीमा लैजान यो बाधाको रुपमा रहेको छ जमिनलाई चक्लाबन्धी नगरे सम्म यन्त्रकिरण गर्न सकिदैन । यान्त्रकिरण विना व्यवसाय करण गर्न सकिदैन् । श्रमको सम्मान गर्ने नीति राज्यले नबनाए सम्म कृषिको आधुनिकरण गर्न सकिैदैन् । श्रम गर्नेले कम कर तिर्ने र नगर्नै ले बढी कर तिर्नै वैधाकि व्यवस्था गर्ने विदेशमा कम्तिमा दुई वर्षकाम गरेर आएको कुनै पनि व्यक्तिले व्यवसायीक कृषिमा काम गर्दछ भने ० प्रतिशतमा रिड दिने व्यवस्था गर्ने हो भने १० वर्षमै अरु देशले गर्न नसकेको प्रगति हामीले गरेर देखाउन सकिने छ । कृषि क्रान्तिको एक महत्वपुर्ण काम व्यत्तिको स्वाभित्वमा रहेको स्वाभित्वको अन्य गर्नु पनि हो । हाल सम्म हामीले भोगेका देखेका बाधा व्यवधानहरुलाई हटाउँदै उत्पादनको व्यवसायीकरण आधुनिकरण र औधिगिकरण गरेर मात्र आजको कृषि क्रान्ति सम्पन्न गर्न सकिन्छ ।

प्रकाशित मितिः बिहिबार, अशोज ६, २०७३     12:48:06 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *