23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

सफल सन्ततीको आशा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३  

 रतन बहादुर शाही
जसले कसरी सिक्ने र परिवर्तन भई सोचेको फल प्राप्त गर्ने भन्ने कुरा सिकेको छ । त्यो व्यक्ति मात्र शिक्षित हो । आजको पुस्ताको क्षमता पहिचान नगरेर विवेक शून्य बनाईदिँदै छ । –अमेरिकन मनोविद् कार्ल रोजसले भन्नेको पंक्ति यर्थाथ नै हो ।  तिमी के बन्छौं ? म डाक्टर, पाईलट, शिक्षक, इन्जिनियरिङ्ग, उद्योगि र व्यापारी आदि । यो कुनै पनि बालबालिकालाई सोध्दा सजिलै पाइने जवाफ हो । अनि उनले बन्न चाएको मान्छे र अंगाल्न चाहेको पेशा उनको स्वविवेकले चाहेको हो वा बाह्य विवेकको खेल हो । स्वाभाविक रुपमा रहेक व्यक्तिको आफ्नो अन्तरङ्ग हुन्छ । आ–आफ्नो, भावि उद्देश्य, लक्ष्य वा योजना हुन्छ । त्यो नै नभए पनि केहि न केहि इच्छा त अवश्य हुन्छ । स्वभाविक रुपमा एक असल सन्तती बनाउनु हरेक आमा बुबाको सपना हुन्छ । हाम्रो आशा र अपेक्षा बालबालिका माथि राख्छौं तर उनीहरुको बाल्य मस्तिष्कको बारेमा ख्याल राख्छौं वा राख्दैनौं । बालबालिकाको दिमागी क्यानमासम्म प्रारम्भिक अवस्था देखि नै बाबु आमा, शिक्षक वा शिक्षिकाले आफ्नो क्षमताले भ्याएका कला र ज्ञान भर्न सक्छौं । त्यहि कला र ज्ञान उसको लागि भावी जीवनको अमिर छाप बन्न सक्छ । ‘हामीले गलत बीज रौपेनौं भने, के गलत फल लाग्न सम्भव छ ? पक्कै पनि मनुष्य गल्ती छ भने उसले ग्रहण गरेका शिक्षा, आर्दश वा व्यवहारहरु निश्चय पनि सहि छैनन् ।’ तपाई हामी भित्र राम्रो चित्र बनोस् भन्ने अन्तर इच्छा छ तर त्यो चित्र निर्माण गर्नका लागि हामीमा आवश्यक विवेक, ज्ञान र सीपको अभाव हुन गयो भने के संभव छ त्यो राम्रो चित्र बनोस् भन्ने सुन्दर कल्पनाको यथार्थ रुप ?
अमेरिकी पत्रिकामा एक प्रकाशित रिर्पोट अनुसार बाल्यावस्थामा भ्रमित गर्ने, अतिशयोक्ति पूर्ण विज्ञापन वा हाम्रो नकरात्मक व्यवहारले बाल सुलभ कोमल मनमा जटिल मनोवैज्ञानिक असर एवम् छाप छोड्ने गर्दछ । जन्मिदै कुनै पनि कुरा मस्तिष्कमा संग्रह भएर आउँदैन् त्यसकारण हामीले बनाउन र देख्न चाहेको सफल बाल भविष्यका लागि उसलाई आवश्यक सम्पूर्ण ज्ञान र सीप दिने प्रयाप्त समय र सुनौला अवसर हामीसँग छ ।
‘घरमा टि.भी. इन्टरनेट र मोबाइल ल्याएर पछि क्रमशः बालबालिकाहरु जिद्धि र उदण्ड हुँदै गइरहेका छन् । टि.भी.को पर्दामा जुन चिज देख्यो त्यही चिज किन्न बालबालिकाहरु हठ  गर्दछन् । पहिला यस्ता थिएनन्, जब टि.भी. ल्याईयो जीद्धि गर्ने स्वभावका हुन थालेका छन् । अक्सर पढाइमा पनि मन लगाउने गर्दैनन् । मैले सुनेका अभिभावकका गुनासा वा कथन हुन  यी । यस्तो दुस्प्रभावको सहि निर्णय लिन सिकाउनु बालबालिकालाई अनिवार्य छ । बालबालिकाले रंगिन पर्दाको गलत संस्कारले किशोर र किशोरीहरुमा कल्पनाशक्ति, तर्क शक्ति, विवेक एवम् स्मरणशक्तिमा पनि प्रभाव पर्दछ । कुनै पनि विषयवस्तु प्राप्त गर्न एकाग्रचित्त हुनु पर्दछ । अहिलेको बालबालिकामा देखिएको सांझा समस्या उनीहरु कुनै पनि कार्यमा ज्यादा ध्यान लगाउन सक्दैनन्, किनकी हाम्रो वातावरणले उनीहरु प्रकृतिक एवम् नैसर्गिक क्रियाकलापबाट बञ्चित छन् । क्रमशः सानो सुधारले नै ठुलो कुरा सच्चिने हो । हामी हाम्रो जीवन शैलिमा जति काम गछौं, बालबालिकाको लागि धेरै विचार सोचाई राखे पनि उचित समय दिन सकेका छैनौं र व्यवहार पनि । हामीमा चाढो उपलब्धीको व्यग्रता र जसका कारण बालबालिकाको भविष्यको अन्तिम प्रतिफल सम्झिन्छौं तर सो प्राप्ति गर्न के–के र कसरी गरौं भन्ने कुरामा ध्यान दिँदैनौं, हामी बालबालिकाबाट तब मात्र हाम्रो अपेक्षा अनुसार व्यवहार पाउन सक्दछौ, जुन सुसंस्कार र एवम् व्यवहार स्वयम् हामीमा पनि विद्यमान हुन्छन् । अन्यथा बालबालिकाहरु पनि त्यहि त्रुटिमय खेल एवम् व्यवहारहरु दोहो¥याई रहनेछन् । जुन गल्ति हामीले बालबालिकाको अगाडि दोहो¥याई रहेका हुन्छौं । बालबालिकाहरुमा पनि त्यहि संस्कारको पूर्नजन्म बारम्बार भईरहन्छ ।
घर परिवार, समाज र स्कुलमा हुने गरेका व्यवहार र संस्कृति बालबालिकामा पनि पूर्नजन्म बारम्बार भईरहन्छ । यसको एक मात्र बडो मार्मिक प्रसंग मैले सुनेको छु –‘एक पटक दुई जना दाजुबहिनीहरु बगौचामा एक अर्कालाई पिटापिट गरेर खेलिरहेका थिए । यी देखेर ममीले भनिन्– मैले कतिपटक भने एक अर्कालामई नपिट ! माय गर ! तर तिमीहरु मैले भनेको मान्दैनौं हैन । ममीको भनाई प्रति प्रतिक्रिया जनाउँदै दुबै जनाले एकै स्वरमा भने ममी ! हामी कहाँ पिटापिट गरिरहेका थियौं र हामी त ममी ड्याडी ममीकी खेल पो खेलिरहेका थियौं । जहाँ धेरै जुन रङ्ग मञ्चमा हामी ध्यान गयो वा जुन कलाले धरै अनुभूति गरायो ति चरित्रहरु दोहोरि रहन्छन् । आखिर असल बानीको खडेरी हामीमा पनि विद्यमान छ । असल बानीले जीवन नियन्त्रण गर्न सहयोग गर्छ तर खराब बानीले दैनिक जीवनलाई नियन्त्रण बाहिर लैजान्छ भन्ने कुरा बुझदा बुझ्दै हामी त्यही कुरा दोहो¥याईरहन्छौं । असल आदतले जीवनलाई सबै कुराले भरिपूर्ण बनाउँछ । यस सन्दर्भमा आधारभूत तह कक्षा आठको अंग्रेजी विषयमा मैले असल आदत भन्ने माथिर्क शिर्षक अध्यापन गराएँ । जो निम्न प्रकार थिए– सकरात्मक होऊ, व्यक्तिगत नियोगको भनाई बनाउने, ठिक कामलाई ठिक समयमा गर्न महत्व देऊ, फाइदा भएको सोच, अरुलाई सुन, समूहमा काम गर, तिमि आफैलाई नविकरण गर, चिन्तनशील होऊ, असल हुन कोशिस गर ठुलो होइन, उपयुक्त मानविय उद्गारहरु विद्यार्थीका व्यवहार र चरित्रमा नियाले तर क्रमशः हराएको देखे, मलाई देख्दा अनुसरण गरेको आभाष दिन खोज्थ्यों तर अन्तरमन उत्तरदायी थिएन् । बुझ्दा भक्तजन माझको साधु सन्त भनई उच्छृन्खल मानव बिचमा भएको साधु सन्त जस्ता थिए उनीहरु । त्यसैले हरेक मानवको सिकाईलाई वातावरणले प्रत्यक्ष असर पारेको हुन्छ । सुक्ष्म–सुक्ष्म व्यवहार पल–पलमा सुधार गर्न आवश्यक छ । हामीमा दोहोरि रहने शब्द पढ्, पढ्नु पर्छ, किन नपढेको, पढ्दै पढ्दैन, पढेकै देख्दैन्, पढ्ने बानी नै छैन् । यो पनि एक समस्य हो । एक अध्ययन र अनुसन्धानका अनुसार संसारमा मध्यम क्षमताका विद्यार्थी धेरै छन् जसको ठुलो जमात पढ्न लेख्न भन्ने शब्दलाई नै उद्गिलाग्दो रुपमा लिन्छन् । विद्यालयमा गुरुले पढाइलाई नै बढी ध्यान दिन्छन् । विद्यालय पछि घरमा अधिकांश अभिभावकहरु आफ्नो केटाकेटीहरुले गृहकार्य पुरा गरुन भन्ने चाहन्छन् । परिणाम बालबच्चा पढाइको प्रेसरले कति खेर फ्रि हुने होला भन्ने सोचाई पालेर बस्छन् र ध्यान खेल्नमै जान्छ । खेल्ने समयको उचित व्यवस्थापन भए खेल्दा, खेल्दै पढ्न पाए हुन्थ्यो भन्ने सोचाई बस्थ्यो की ? आखिर खेल अभ्यास मानव जीवनको लागि अति आवश्यक छ । अझ बालबच्चाका लागि त झन । हाम्रो शिक्षा प्रणाली मै खेलकुद र खेललाई महत्व दिनु आवश्यक छ । विश्वको खेलकुद प्रतिस्पर्धामा विश्वको पाँचौ शक्तिशाली राष्ट्र भारतको त सम्मानजनक उपलब्धी छैन भने नेपालको त झन के कुरा गर्नु । ‘पढ्’ भन्ने शब्दले ‘खेल’ भन्ने शब्दलाई नियन्त्रण गरेको छ तर प्रतिफल शैक्षिक तथा खेलकुद दुबैमा शुन्य नै छ ।
अमेरिकाका एक उदारणिय राष्ट्रपति आब्राहम लिङ्कले राष्ट्रपति हुँदै वाइट हाउस बासिङ्टन डिसीबाट आफ्नो छोरो पढ्ने विद्यालयका प्र.अ.लाई एउटा चिठी लेखे । जसमा उनले आफ्नो छोरोलाई सित्तैमा पाएको सोच पाउण्ड भन्दा मेहनत गरेर कमाएको एक डलर धेरै मूल्यावान हुन्छ भन्ने कुरा सिकाउनुहोस्, गुमाउँदा हार्दा वा जित्दा आनन्द लिन सिकाउनुहोस्, ठग्नु भन्दा असफल हुनु राम्रो भन्ने सिकाउनुहोस् भन्ने कुराको विनय गरेका थिए । यसबाट सामान्य बुझु पर्ने कुरा के छ भने राष्ट्र सञ्चालनको व्यस्तताको बाबजुत उनी आफ्नो सन्तानको भविष्य प्रति कति सचेत थिए । के उनले एउटा छोराको लागि हरेक क्षेत्रको विद्धान व्यक्ति राख्न सक्दैन्थ्ये र ? हामी हाम्रो दैनिकीमा जसरी काम र व्यवहार गछौं त्यो भन्दा ज्यादा सन्ततीको काम र व्यवहार प्रति सचेत रहि सवल रहन आवश्यक छ । विद्यालय, शिक्षक र बालबालिका प्रति मात्रै विश्वस्त रहनु उपयुक्त हैन् । काम, अभ्यास र उमेरले उपयुक्त विचार छ । हामीसँग जो विगतको सफलता असफलता, राम्रो नराम्रो र भविष्यको महत्व के भन्ने राम्ररी बुझेका छौं । सन्तती प्रतिको आफ्नो सपना सोचाईमा कुदेर मात्रै पुग्दैन् व्यवहारमा दृष्टिगत गर्न आवश्यक छ ।  हाम्रो शिक्षा प्रणाली वा विद्यालय शिक्षाको कुरा गर्नु पर्दा एउटा विद्यार्थी नर्सरी देखि १० कक्षा सम्म उर्तीण गर्ने समयको लेखा जेखा गर्दा उसले १४–१५ वर्षसम्मको समय गुमाईसकेको हुन्छ । तर उसले सो वर्ष सम्म प्राप्त गरेको शिक्षाले पनि कुनै एक क्षेत्रको दक्ष मानिदैन् । त्यत्रो समयको मेहनत, श्रम र लगानि प्रश्चात पनि एउटा काम गरेर खान सक्ने क्षमता नहुँनु भनेको अति विडम्बना हो । एउटा विद्यार्थी विद्यालय शिक्षाबाट निस्कदा बिक्तिकै आफु स्वरोजगार हुन चाहेमा कुनै पनि क्षेत्रमा काम गर्न सक्ने ज्ञान, सीप र कलाको विकास उसमा गर्न आवश्यक छ । नत्र भने मानिसहरुको भावनामा शिक्षाले आवश्यकता भन्दा व्यवस्थाको स्थान लिन पुगेको छ ।

(लेखक ः सार्वजनिक शैक्षिक गुठि कोहलपुर माविका प्र.अ. हुन् ।)

प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३     12:11:52 PM  |