26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

योगले सही मार्ग देखाउँछः सांसद भार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन १६, २०७३  

कोहलपुर, साउन १६
बाँके क्षेत्र नं. १ का सांसद देवराज भारले योग र राजयोगले मानिसलाई सही मार्ग देखाउने बताएका छन् । योग एवं प्राकृतिक स्वास्थ्य समाज नेपालकोे शनिबार कोहलपुरमा भएको चौथो साधारणसभामा उनले यस्तो बताएका हुन् । योगले स्वस्थ विचार जन्माउने र स्वस्थ विचारले नै शान्ति, अमनचयनको वातावरण सिर्जना गर्ने उनको तर्क थियो । ‘योग र साधनाले मानिसलाई सही मार्ग देखाउँछ’ उनले भने । यस्तै उनले मुलुकको विकास क्रमिक रुपमा हुने बताएका छन् । साथै उनले योग तथा प्राकृतिक स्वास्थ्य समाजका लागि आफूले मनोबल उठ्ने खालको निर्णय गर्ने र सदैव आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् । साधारणसभाले ७७ लाखको लागतमा रहेको योग तथा प्राकृतिक चिकित्सालयलाई ग्रहण गर्ने निर्णय गरेको छ । यसअघि योग तथा प्राकृतिक चिकित्सालय संचालक समितिले समुदायमा सञ्चालित योग एवं प्राकृतिक स्वास्थ्य समाजलाई चिकित्सालय हस्तान्तरण गर्ने निर्णय गरेको
थियो । त्यसै अनुसार साधारणसभाले ग्रहण गर्ने निर्णय गरेको समाजका अध्यक्ष नमप्रसाद शर्माले जानकारी दिए । कार्यक्रममा कोहलपुर उद्योग व्यापार संघ अध्यक्ष नरेन्द्रप्रसाद शर्मा विभिन्न राजनैतिक दलका प्रतिनिधि, वुद्धिजिवी, समाजसेवी लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः आइतवार, साउन १६, २०७३     9:22:05 AM  |