23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

मदन भण्डारी र उनको राजनीतिक जीवन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १४, २०७३  

अर्जुन बहादुर पौडेल
सामन्तबाद, साम्राज्यबाद र निरङकुशता बाट देशलाई मुक्त गरि नेपाल र आम नेपाली जनतालाई पुर्ण रुपले स्वतन्त्र र सम्बृद्धिको शिखरमा पु¥याउने लक्ष्यप्राप्तिका लागि आफ्नो सम्पुर्ण जीवन समर्पित गर्ने राजनेता हुनुहुन्छ मदन भण्डारी ।
जननेता मदन भण्डारीले आफ्नो जिवनको महत्वपुर्ण समय अग्रगामि सामाजिक परिवर्तनको सिद्धान्त बिचार र कार्यक्रमहरुको प्रतिपादन ब्यबस्थापन र कार्यान्वयनमा सकृय पार्नु भयो । नेपाल कम्न्युष्ट पार्र्टी पुष्पलाल समुहको क्रान्तिकारी सास्कृतिक सँघको केन्द्रिय सदस्यबाट बि.स. २०२८ सालमा सकृय राजनितिक जीवन सुरु गर्नुभयका जननेता भण्डारिले बि.स. २०२९ सालमा सोही समुहबाट कम्युनिष्ट पार्टी सदस्यता प्राप्त गर्नुभयो । बि.स. २०३४ सालमा अखिल नेपाल क्रान्तिकारी कम्न्युष्ट कोडिनेशन कमिटिको केन्द्रिय सदस्य रहनु भएका जननेता भण्डारी बि.स. २०३५ सालमा स्थापित ने.क.पा. माले को केन्द्रिय सदस्य छानिनु भयो । जननेता भण्डारीले पार्टी भित्र आफ्नो सोच, बिचार र बस्तु स्थितिको मुल्याङकन स्पस्ट ब्याख्या सहित राख्न थाल्नु भयो । फलस्वरुप बि.स. २०३७ सालमा पार्टीको ७औ केन्द्रिय बैठकले बिगतका उग्रबामपन्थि गल्तिहरु सच्चाउदै कमिटिको परिबर्तित परिस्थितिको ठोस बिश्लेशण ग¥यो । प्रकृयाबादि पञ्चायति ब्यबस्थालाई पल्ट्याउन तत्कालिन अवस्थामा जन आन्दोलन र जन सङगठन निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढ्ने निर्णय पार्टीले ग¥यो । बर्गशत्रु खतम निति र क्रान्तिकारी संरचना हटाई जनतालाई जन संगठनमा संगठित गर्ने कार्य निति पार्टीले अगाडी सा¥यो । पार्टी भित्रका महत्वपुर्ण सवालहरुमा पैदा भएका बैचारिक बिचारहरुमा वहाँको सकृय सहभागिता रहदै आयो ।
आफ्नै सैद्धान्तिक क्षमता र राजनितिक नेतृत्वकै भुमिकाका कारण बि.स. २०४१ सालमा उहाँ तत्कालिन नेकपा मालेको पोलिटब्युरो सदस्यमा निर्बाचित हुनुभयो । नेपाली कम्न्युष्ट आन्दोलन भित्र मदन भण्डारीले आधारभुत बर्गका जनता बिच क्रान्तिकारी धारणलाई स्थापित गर्दै दक्षिणपन्थि अबसरबादि र बुर्जुवा कार्यशैलि बिरोधी सँधर्षलाई दृढतापुर्बक अगाढि बढाउनु भयो । तत्कालिन बस्तुस्थितिको ठोस र मौलिक सोचहरुको बिकाश गरि नेपाली जनताको आन्दोलनलाई अगि बढाउने हिम्मत गरेकै कारण बि.स. २०४६ मा आयोजित नेकपा मालेको चौथो महाधिवेशनले नेता भण्डारीलाई महासचिबमा निर्बाचित ग¥यो । मदन भण्डारी महासचिब भएपछी इतिहासमा कहिल्यै एकताबद्ध हुन नसकेको बामपन्थि शक्तिहरुलाई गोलबन्द गर्दै प्रजातन्त्रको पुर्नबहालीको निम्ति संयुक्त बाममोर्चा गठन गर्न अग्रणी भूमिका खेल्नु भयो । निर्दलीय पञ्चायती व्यवस्था ढाल्ने आन्दोलन शसक्त पार्न प्रजातान्त्रिक शक्तिहरुसंग सहकार्य गर्न पनि उहाँको भूमिका अत्यन्तै महत्वपूर्ण रह्यो ।
२०४६ सालको जनआन्दोलन सफलता पछी अन्तरिम सरकारमा सहभागी हुने, पार्टीलाई खुल्ला गर्ने, पार्टीकै नामबाट चुनावमा जाने र सरकार निर्माण गर्ने निर्णय लिदैं जनमतमा आधारित प्रतिस्पर्धात्मक राजनितीबाट राजनितीक लक्ष्य प्राप्त गर्ने निति पार्टीले लियो । जननेता भण्डारी यी निर्णयहरुलाई इमान्दारी पूर्वक, दृढता पूर्वक लागु गर्न अडिक हुनुहुन्थ्यो ।
जननेता भण्डारीले सधैं बामपन्थी शक्तिहरुको एकतामा जोड दिनुभयो । फलस्वरुप २०४७ साल पुस महिनामा नेकपा माक्र्सबाद, लेनिनबाद र नकपा माक्र्सबाद बीच पार्टी एकीकरण भई नेकपा एकिकृत माक्र्सबाद, लेनिनबाद नामाकरण गरियो । नयाँ पार्टीको अध्यक्षमा मनमोहन अधिकारी र महासचिब जननेता भण्डारी रहनु भयो । स्पष्ट बिचारका संप्रेषक र प्रखर बक्ताका रुपमा स्थापित भण्डारी २०४८ सालको प्रतिनिधी सभाको निर्वाचनमा काठमाण्डौंको दुइवटा क्षेत्रबाट निर्बाचित हुनुभयो र उहाँको पार्टी जनमतबाट दोस्रो ठूलो राजनितिक शक्तिको रुपमा स्थापित भयो । जननेता भण्डारीले संसद भित्र जिम्मेवार प्रतिपक्ष दलको सदस्य र पार्टीको महासचिबको रुपमा शसक्त र प्रभावकारी भूमिका निर्बाह गर्नुभयो । राष्ट्रियताको रक्षा र सम्बर्दनको निम्ती संसदभित्र उहाँद्धारा व्यक्त देशभक्तिपूर्ण बिचारले उहाँलाई राष्ट्रबादी नेताको रुपमा ब्यक्त गर्यो । सिद्धान्तको लागि जीवन होइन जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्ने नेता भण्डारीले मुलुकको बिशिष्टतालाई हेरेर नेपाली कम्न्युष्ट आन्दोलनको रक्षा र विकाशका लागि जडतालाई तोड्दै शास्त्रीय माक्र्सबाद रचनाहरु भित्र सृजनात्मक सोचको क्षितिज खोज्नु भयो । कम्न्युष्ट आन्दोलनलाई मुलुकको प्रजातान्त्रिक आन्दोलन संग गाँसेर भण्डारीले जनताको बहुदलिय जनबाद नामक नयाँ चिन्तन एवम् धारणा अगाडी सार्नुभयो ।
संविधानको सर्वोच्चता, बहुलबादी खुला समाज शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा आवधिक निर्वाचन, बहुदलिय प्रतिस्पर्धात्मक प्रणाली, बहुमतको सरकार र संबैधानिक प्रतिपक्ष, कानुनीराज लगायतका विशेषता सहितका राज्य प्रणालीबाट कल्याणकारी जनबादी व्यवस्था सुदृढीकरण, बिकास र समाजबादमा संक्रमण गर्ने भौतिक तयारी सम्बन्धी ठोस दृष्ट्रिकोण सहित जनताको बहुदलिय जनबादलाई भण्डारीले अगाडी ल्याउनु भयो । जननेता भण्डारीले अगाडी सार्नु भएको जबज लाई नेकपा एमालेको २०४९ सालमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले पार्टीको आधिकारीक कार्यक्रमको रुपमा स्विकार गर्यो र उहाँ पुनः महासचिबमा निर्वाचित हुनुभयो । नेपाललाई स्वाधीन र स्वतन्त्र राष्ट्रका रुपमा विकास गर्न विदेशी नीतिका स्पष्ट आधारहरु हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । जननेता मदन भण्डारी नेपाली जनताको उन्मुक्ति र प्रजातान्त्रिक आन्दोलनका कुशल नेता, प्रखर बक्ता र अत्यन्तै प्रतिभावान माक्र्सबादी चिन्तक हुनुहुन्थ्यो ।
वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँधुमा जन्मनु भएका मदन भण्डारी राजनीतिक कामको शिलसिलामा पोखराबाट चितवन फर्कने क्रममा गाडी दुर्घटना पर्नुभयो । संगसंगै यात्रा गरिरहनुभएका सहयोद्धा नेता जिबराज आश्रित र जननेता भण्डारीको सोही दिन २०५० जेठ ३ गते दुर्घटनामा परी निधन भयो ।
रहस्यमय दुर्घटनामा भएको उहाँको मृत्युले आम नेपाली जनताको उन्मुक्ति, स्वतन्त्रता र समृद्धिको आन्दोलनलाई ठू्लो क्षती पुग्यो । प्रतिभाशाली विचारक, चिन्तक र प्रखर सिर्जनात्मक क्षमता भएको जननेता भण्डारीको असामहीक निधनले नेपाली राजनीतिलाई अपुरनिय क्षती पुगेको छ । जननेता भण्डारीको उपस्थिती भौतिक रुपमा नभएता पनि उहाँले प्रतिपादन गर्नु भएका विचारहरुले नेपाली राजनीतिलाई सधैं मार्गनिर्देशन गरीरहनेछन् । अन्त्यमा मदन भण्डारीले भनेजस्तै “एउटा व्यक्ति मर्दा श्रीमती विधुवा हुन्छे, छोराले बरखी बार्छ तर एउटा राष्ट्रभक्त छोरो मर्दा राष्ट्र टुहुरो हुन्छ र इतिहासले बरखी बार्छ” उहाँको अुनपस्थितीमा देशले भोगीरहेको पाइन्छ ।

प्रकाशित मितिः मङ्लबार, असार १४, २०७३     8:22:45 AM  |