2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

बाँकेका लागि कृषिमा बजेट कम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३२, २०७३  

कोहलपुर, जेठ ३२
नेपाल सरकारले सार्वजनिक गरेको यस वर्षको बजेट भाषणबाट बाँकेमा कृषि क्षेत्रमा कम रकम आउने भएको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेका योजना अधिकृत जिवन कुमार केसीका अनुसार यस वर्ष बाँकेमा गत वर्षको तुलनामा ०.६० प्रतिशत बजेट कम आउने बताए ।  गत आर्थिक वर्ष २०७१÷७२ मा बाँकेमा कृषिका लागि ३ करोड ७० लाख ६८ हजार रुपैयाँ आएकोमा यस आर्थिक वर्षमा २०७३÷७४ का लागि ३ करोड ६८ लाख ४३ हजार आएको उनको भनाइ छ । नेपालमा गत वर्ष बैशाख महिनामा गएको विनाशकारी महाभूकम्पका कारण भूकम्प पीडित जिल्लाहरुमा बढी रकम गएको हुन सक्ने भन्दै बाँकेमा कम आएको हुन सक्ने योजना अधिकृत केसीको भनाइ छ ।  अहिलेको बजेटले बाँकेमा विभिन्न ठाउँलाई पकेट क्षेत्र घोषणा गरी बजेट समान रुपले बिनियोजन गरिने र युवा लक्षित तरकारी कार्यक्रम मार्फत कृषकलाई केही राहत होला भन्ने हिसाबले बिभिन्न खालका केन्द्रिय कार्यक्रम पनि सञ्चालन भैरहेको केसीले बताए ।  सरकारले कृषिका क्षेत्रमा धेरै कुरा समेटेको बताए पनि अधिकाशं क्षेत्रबाट सरकारले ल्याएको बजेट बढि आशाबादी मात्रै भएको बताउँछन् । तर, वास्तविक किसानलाई भने सरकारले आफुहरुका लागि ल्याएको योजना र बजेटका विषयमा भने अनविज्ञ नै छन् । बजेटहरु जान्ने सुन्ने र टाठा बाठाका हात लाग्ने गुनासो गर्ने किसानहरुले बजेटका कार्यक्रमहरु निम्न स्तरका किसानहरुको घर घर सम्म पुग्नुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३२, २०७३     11:35:37 AM  |