१. जब तपाईं आफ्नो प्रियलाई हेर्नुहुन्छ, तपाईंको आँखाको नानी फैलन्छ र घृणा गर्ने व्यक्तिलाई हेर्दा पनि आँखाको हेराई उस्तै हुन्छ ।
२. जन्मदा मानिसको टाउको जम्मा उचाईको एक तिहाई हुन्छ । तर, जब मानिस वयस्क हुन्छ, टाउकोको उचाई शरीरको ८ भागको एक भागमात्र हुन्छ ।
३. निलो आँखा भएको मानिसको धेरै कपाल हुन्छ । सामान्य मानिसको १ लाख कपालको जरा हुन्छ, हरेक जरामा मानिसको जीवनभर २० वटा रौं निकाल्ने क्षमता हुन्छ । तर, निलो आँखा भएको मानिसको १ लाख ४६ हजार जरा हुन्छन् । काला कपाल भएका मानिसमा १ लाख १० हजार जरा हुन्छन् । रातो कपाल भएका मानिसको भने कम अर्थात् ८६ हजार मात्र जरा हुन्छन् ।
४. जीवनकालमा मानिसले २ वटा स्वीमिङ पुल भरिन सक्ने ¥याल निकाल्छ ।
५. मानिसको रक्त कोषिकालाई बिच्छ्याउने हो भने ६० हजार माइल परसम्म पुग्न सक्छ ।
६. मुटले दैनिक २ हजार ग्यालेन रगत पम्प गर्छ ।
७. छातिमा रौं नभएको मानिसलाई कलेजोको सिरोसिस हुने सम्भावना बढी हुन्छ ।
८. मानवको दिमागमा इन्साइक्लोपिडिया ब्रिटानिकाभन्दा ५ गुणा बढी सूचना अटाउन सक्छ ।
९. मानिसको पेटमा भएको एसिडले रेजर ब्लेडसमेत पगाल्न सक्छ ।
१०. मानिसको नाकले ५० हजार फरक गन्ध थाहा पाउन सक्छ ।
११. सामान्यतः पुरुषभन्दा महिला ५ इन्च होचा हुन्छन् ।
१२. एक खुड्किलो चढ्न मानिसको २ सय वटा मांसपेशी प्रयोग हुन्छ ।
१३. मानव शरीरको ठुलो कोष महिलाको अण्ड हो भने सानो पुरूषको वीर्य हो ।
१४. मानिसमा जति बढी आइक्यु क्षमता हुन्छ, उति बढी सपना देख्छन् ।
१५. मानिसको शरीरको प्रतिवर्ग इन्चमा चिम्पाञ्जीको जस्तै थुप्रै रौं हुन्छन्, तर, सबैलाई हामी देख्न सक्दैनौं ।
१६. महिलाको मुटुको ढुकढुकी पुरुषको भन्दा छिटो हुन्छ ।
१७. धुमपान छाडेको तीनवर्षपछि मानिसमा हृदयाघात हुने सम्भावना धुमपान कहिल्यै नगरेको मानिसजत्तिकै हुन्छ ।
१८. हातको साइँलीऔंला लामो भएको पुरुषमा हृदयाघात हुने सम्भावना कम हुन्छ ।
१९. मानिसको देब्रे फोक्सोभन्दा दाहिने फोक्सो ठुलो हुन्छ, मुटुनजिकै रहेका यस्तो भएको हो ।
२०. एक समयमा मानिसको मुटु भावनाले नियन्त्रित हुन्छ भनेर सोचिन्थ्यो ।
२१. अमेरिकामा पुरुषभन्दा महिला दुई गुणा बढी डिप्रेसनबाट पीडित भइरहेका हुन्छन् ।
२२. मानिसले सासबाट लिएको अक्सिजनमध्ये २० प्रतिशत दिमागमा जान्छ ।
२३. मानिस ३५ वर्ष पुगेपछि दैनिक ७ हजारका दरले दिमागका कोशिका मर्न थाल्छन् र तिनीहरु कहिल्यै पलाउदैनन् पनि ।
२४. मानिस आफूले आफैंलाई काउकुती लगाउन सक्दैन, दिमागको सेरेबेलम भन्ने भागले बाँकी दिमागलाई काउकुती लगाउदैंछ है भनेर सन्देश दिन्छ, दिमागले थाहा पाइसकेपछि तपाईले काउकुतीको अनुभव गर्न सक्नुहुन्न ।
२५. चिन्ता नै अमेरिकामा सबैभन्दा धेरै मानसिक रोग भएको पाइएको छ ।
२६. मानिसको दिमाग ८० प्रतिशत पानीले बनेको हुन्छ ।
२७. मानिसको दिमाग दिनमा भन्दा राति बढी सक्रिय हुन्छ ।
२८. क्याण्डी बिस्तारै खाँदा क्याभिटी हुने सम्भावना बढी हुन्छ ।
२९. बाहिरबाट हेर्दा कडा देखिएपनि मानिसको हाड भित्रपट्टि नरम हुन्छ र तिनीहरु ७५ प्रतिशत पानीबाट बनेका हुन्छन् ।
३०. स्वस्थ हड्डी विकास गर्न गार्डेनिङ सबैभन्दा राम्रो उपाय हो ।
३१. मानिसको थाईको हड्डी कंक्रिटभन्दा बलियो हुन्छ ।
३२. एक पिन्ट रगत दानले चार जना मानिस बचाउन सक्छ ।
३३. आदिवासी अमेरिकीहरु रगतलाई पेन्ट गर्न प्रयोग गर्छन् ।
३४. महिलाको शरीरमा ४.५ लिटर रगत हुन्छ, जबकि पुरुषको शरीरमा ५.६ लिटर हुन्छ ।
३५. पुरुषको तुलनामा महिलाले दोब्बर बढी आँखा झिम्क्याउछन् ।
३६. अमेरिकामा वयस्कहरूराई अन्धोपन हुने मुख्य कारण मधुमेह हो ।
३७. मानिसले पत्रिकामा भन्दा कम्प्युटरमा २५ प्रतिशत ढिलो पढ्छन् ।
३८. बच्चा जन्मदा रंग चिन्न सक्ने हुँदैनन् ।
३९. रुँदा नाकबाट समेत सिंगान बग्ने कारण आँखाबाट बगेको आँसु नाकबाट झर्नु हो ।
४०. मानिसले हाच्छ्यँु गर्दाको गति १६५ किलोमिटर प्रतिघण्टा हुन्छ ।
४१. आँखा नचिम्लिई हाच्छ्यँु गर्न असम्भवजस्तै हुन्छ ।
४२. रौं र नङ बन्ने तत्व एउटै हुन् ।
४३. मोबाइल प्रयोग गर्ने मानिसलाई दिमागमा क्यान्सर हुने सम्भावना साढे दुई गुणा बढी हुन्छ ।
४४. ९० प्रतिशत रोगहरु तनावका कारण हुन्छ, या जटिल बनाउछ ।
४५. मदिरा सेवनले महिलामा स्तन क्यान्सरको सम्भावना बढाउछ ।
४६. मोटोपनको समस्याबाट अमेरिकामा बर्सेनि ३ लाख मानिसको मृत्यु हुने गरेको छ ।
४७. धूमपान नगर्नेभन्दा गर्नेहरु ६ वर्षअघि मर्ने सम्भावना बढी हुन्छ । दैनिक एक प्याकेट चुरोट सेवन गर्ने मानिसका हरेक दश वर्षमा दुईवटा दाँत झर्छन् ।
४८. अनिद्राका कारण शरीरको रोग प्रतिरोधी प्रणालीमा समस्या आउछ ।
४९. ४ करोड अमेरिकीमा श्वास गन्हाउने समस्या छ ।
५०. आगलागीको समयमा निस्कने धुँवामा हुने कार्बनमोनोअक्साइडबाट मानिस १५ मिनेटभित्रै मर्छ ।
– See more at: http://swasthyakhabar.com/2016/04/45578.html#sthash.tmxXREpt.dpuf
प्रतिक्रिया दिनुहोस्