20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

के स्तन क्यान्सरको कारण ब्रा हो ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७३  

-सन्तोष कुमार सिंह
महिलाको भित्री परिधान ब्रा मुख्यगरी स्तनको सुरक्षासंग सम्बन्धित मानिन्छ । विभिन्न डिजाइनका ब्रा लगाएर स्तनलाई सुन्दर बनाउने चलन विश्वभर नै छ । तर यही ब्राले महिला स्वास्थ्यमा नराम्रो असर पर्नेतर्फ भने सायदै कोही सचेत होला ।
‘संसारभर जति पनि स्तन क्यान्सरका घटना भएका छन, त्यसमा ब्रा लगाउने प्रवृत्ति जिम्मेवार छ’, विज्ञ सिड्नी सिंगर भन्छन् । सन् १९९० को दशकमा मेडिकल समाजशास्त्री सिंगरले अमेरिकाका पाँच शहरका ४५ सय महिलाको ब्रा लगाउने र किन्ने प्रवृत्तिको बारेमा अध्ययन गरे । यस अध्ययनले ब्रा लगाउदा हुने परिणामले स्वास्थ्यमा पार्ने असर, विशेष गरी स्तन क्यान्सरबारे प्रष्टाएको थियो । राम्रोसँग ब्रा मिलाएर नलगाउँदा स्तन क्यान्सर निम्त्याउने निष्कर्ष अध्ययनको थियो ।
अध्ययनले निम्न पक्षलाई दर्शाएको छ
दिनमा १२ घन्टाभन्दा बढी समय ब्रा लगाउनेलाई स्तन क्यान्सरको खतरा नाटकीय रुपमा बृद्धि हुन्छ । हरेक दिन २४ घन्टा ब्रा लगाउने हरेक ४ महिलामध्ये ३ जनामा स्तन क्यान्सरको खतरा हुन्छ ।
हरेक दिन दैनिक १२ घन्टाभन्दा बढी समय ब्रा लगाउने तर बेडको समयमा नलगाउने हरेक सातमध्ये १ जनालाई क्यान्सरको खतरा हुन्छ ।
कहिलेकाही मात्र ब्रा लगाउने हरेक १ सय ६८ मध्ये १ जनालाई स्तन क्यान्सरको खतरा हुन्छ ।
सम्भाव्य कारण
ब्राले स्तनमा हुने तरल पर्दाथको प्रबाहलाई रोकिदिन्छ । सबैभन्दा हलुका मानिने ब्राले पनि तरल पदार्थ प्रबाह गर्ने नली (भास्कुलर डक्ट) मा प्रभाव पार्छ ।
स्तनबाट आउने तरल पदार्थले सबै पदार्थ र अन्य उत्तेजित तत्वलाई स्तनबाट बाहिर फालिदिन्छ र क्यान्सर वृद्धि गर्न सहयोग सहयोग पु¥याउँछ ।
ब्रा लगाउदा मेटाबोलिजमको उत्पादन घटाउँछ । मेटाबोलिजम एउटा शक्तिशाली एन्टिअक्सिडियन्ट र हर्मन हो यसले मस्तसँग सुत्न सहयोग पु¥याउने, बुढ्यौलीबिरुद्ध लड्न सक्ने क्षमता बृद्धि गर्ने र प्रतिरोध प्रणालीलाई तीब्र पार्छ । मेटाबोलिजमले स्तन क्यान्सर लगायत निश्चित प्रकारका अन्य क्यान्सरको बृद्धिलाई रोक्छ ।
कसरी रोक्ने क्षति ?
उचित साइजको ब्रा लगाउने । कसिलो या धेरै तन्किने ब्रा नलगाउने । तन्किने ब्राले स्तनमा थप दबाब र कसिलो बनाउछ ।
दिनमा २१ घन्टाभन्दा थोरै समय ब्रा लगाउने ।
सम्भव भएसम्म ब्रा नलगाइ हिड्ने ।
ब्रा लगाएर कहिल्यै नसुत्ने ।
पाखुरा मुनिको लिम्फ ग्रन्थी र स्तन नजिकको भागलाई साताको केही समय थोरै समय मसाज गर्नुहोस् ।
ब्राले स्तन लत्रन वा झोल्लिनबाट बचाउँदैन ।
स्तनलाई लिगामेन्ट्सले अड्याएको हुन्छ । स्तनको लिगामेन्ट्स शरिरको अन्य लिगामेन्ट्सले जस्तै काम गरेमा यी लिगामेन्ट्स ब्राको अस्वभाविक सर्पोटले कमजोर हुन्छन् ।

प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७३     5:54:22 PM  |