बाजाद्वारा शुभकामना आदान प्रदान



कोहलपुर, बैशाख २
बाँकेको बनकटवा ४ जी गाउँ उत्तर लाइन रामपुरका स्थायिनको सक्रियाता र श्री नव दुर्गा भगवती सामुदायिक वन उपभोक्ता समूहको समन्वयनमा निमार्ण भएका पन्चे बाजाको नव वर्ष २०७३को अवसर पारी उद्घाटन सँगै शुभकामना आदान प्रदान कायक्रममा सम्पन्न भएको छ । कामर्यक्रम बोल्दै राष्ट्रिय वाणिज्य शाखा कार्यालय कोहलपुरका सहायक प्रमुख प्रेम बहादुर वलीले समाजबाट हराउँदै गरएको
पन्चे बाजालाई संरक्षण गर्नु पर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रम बोल्दै श्री नव दुर्गा भगवती सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष प्रेम बहादुर थापालले समाजमा कुनै पनि जातीय भेदभाव नगरी सामुहिक रुपमा पन्चे बाजा निर्माण गरिएको उनले बताए । कार्यक्रममा स्थानियबासिन्दाहरुले पन्चे बाजा बजाएर शुभकामना आदान प्रदान गरेको स्थानिय वासिन्दा रेशम के.सी.ले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख २ गते बिहीबार