1 May 2024  |   बुधबार, बैशाख १९, २०८१

काखी गन्हाउँछ ? यी हुन सक्छन् मुक्ति पाउने उपाय  

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १८, २०७२  

indexएजेन्सी – गर्मी मौसम पनि सुरु भइसकेको छ । यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ । यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ । तर, काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस् । किनकी यसका समाधान पनि छन् । काखी गन्हाउने समस्याबाट बच्ने उपाय यस प्रकार छन्ः
सरसफाई र स्वास्थ्यमा ध्यान
काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्ध शरिरभर फैलिएर समग्रमा शरिर नै गन्हाउँछ । हाम्रो शरिरको कुनै पनि अंगमा आउने पसिनालाई रोक्न सकिँदैन किनकी पसिना आउनु पनि एउटा नियमितता हो । तर यसबाट उत्पन्न हुने समस्याबाट बच्न गर्मी मौसममा कम्तिमा एकपल्ट नुहाउने गर्नुपर्छ । विशेगरी एन्टिब्याक्टेरिया साबुनको प्रयोग गर्नुपर्छ ।  हावा छिर्ने (प्राय कटन र फाईबर)का लुगा लगाउनुपर्छ । पसिना नसोस्ने तथा छालामा पनि अशर गर्ने भएकोले गर्मी मौसममा सिन्थेटिक्सयुक्त कपडा लगाउनुपर्छ  ।
खाना खाँदा बिचार पु्र्याउँ
गर्मी मौसममा कफीको मात्रा, जंक फुड र तेलीय खानेकुरा घटाउनै पर्छ । यी खानेकुरा विशेषगरी क्याफिनले पसिना ग्रन्थीलाई उत्तेजित बनाउँछ जसका कारण शरिरमा अत्यधिक पसिना आउने र गन्हाउने गर्छ । मौसमी फलफुल र प्रर्याप्त पानी पिउदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।
काखीमा कागती
कागतीको रस दल्नु सबैभन्दा उपर्युक्त घरेलु तरिका हो । यसबाट कुनै साइड इफेक्ट हुँदैन । आधा टुक्रा काटेको कागती काखीमा निचोरेर दल्ने र  यसलाई केही समय सुक्न दिएर लुगा लगाउनुपर्छ । यसको केहीबेर पछि चिसो पानीले नुहाउनुपर्छ । यसले शरिरबाट आउने पसिनायुक्त गन्धबाट मुक्त गर्नुका साथै लामो समयसम्म ताजा राख्छ ।
तुलसी र निम पात
तुलसी र निम दुबैमा ब्याक्टेरिया बिरोधी तत्वहरु हुन्छन् । यसले ब्याक्टेरिया उत्पन्न हुनबाट बचाउँछ । तुलसी र निमको पातको लेपन बनाएर काखी वा शरिरको पसिन आउने अन्य भागमा लगाउनुपर्छ । केही समय रहन दिएर धुने वा नुहाउने गर्नुपर्छ । सातामा तीन पटक यस्तो लेपन लगाउँदा उत्तम हुन्छ । नुहाउनु भन्दा अगाडि यो लगाउँदा प्रभावकारी हुन्छ ।
छालाको पीएच घटाउ
एसिड भएको समयमा छालाको ब्याक्टेरिया बाँच्न सक्दैन । तसर्थ स्याउको वाइन, भिनेगार, चियाको तेल र विच हेजल लगाउँदा पनि शरिरको दुर्गन्ध हट्छ । स्याउको वाइन, भिनेगर र विच हेजललाई पाखुरामुनि दल्ने गर्नुपर्छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र १८, २०७२     5:49:05 PM  |