बेसारका फाइदा



termericबेसारमा कीटाणु मार्ने शक्ति पनि हुन्छ । पचाउने र रक्तसञ्चार प्रक्रियामा पनि यसले मद्दत पू¥याउँछ । बेसारलाई घाउ, सुन्निएको ठाँउ र रुघाखोकीमा घरेलु औषधिको रुपमा प्रयोग गरिन्छ ।
ताजा, सुकेको र पाउडर बनाएर बेसारको प्रयोग गरिन्छ । सुकेको अदुवामा बेसार मिलाएर लेदो बनाउने र त्यसलाई तताएर दुुखेको ठाउँमा लगाउँदा दुखेको ठीक हुन्छ । घाँटी दुख्दा तातो पानीमा एक चम्चा बेसार मिसाएर पिउँदा घाँटी दुखेको निको हुन्छ ।
दाँतबाट रगत आउँदा, गिँजा पाक्दा बेसारको धुलोमा अलिकति नुनमा मिसाएर औंलाले हलुका तरिकाले दाँतमा दिनको दुई पटक मसाज गर्दा यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ । बेसारको धुलोसँगै तातोपानीमा मह राखेर खानाले रुघाखोकी ठीक हुन्छ । बेसार औषधिका रुपमा मात्र होइन सौन्दर्य प्रसाधनकोे सामग्रीका रूपमा पनि प्रख्यात छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत १३ गते शनिबार