2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

जिल्लामा ४ सय ७३ नयाँ क्षयरोगी 

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ११, २०७२  

कोहलपुर, ११

बाँकेमा ४ सय ७३ नयाँ क्षयरोगी थपिए

पछिल्लो नतिजा अनुसार बाँके जिल्लामा ४ सय ७३ नयाँ क्षयरोगी  थपिएका छन् ।
विश्व क्षयरोग दिवसको अबसरमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा गरिएको एक कार्यक्रमका सहभागीहरुले क्षयरोगीहरुको आत्मसम्मानका लागि घरपरिवारदेखि समाज हुँदै राष्ट्रले समेत हौसला प्रदान गर्नुपर्ने बताएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेबाट निस्किएको ¥याली बिभिन्न चोकहरुको परिक्रमापछि धम्बोझी चोकमा पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रममा टिबी नेपालका डाक्टर रबि प्रसाद भुषसन चौरासिया, आईएनएफका कलस्टर म्यानेजर राजेन्द्र सुनार, क्षयरोग निवारण संघ नाटाका अध्यक्ष रण प्रसाद राना, बाँकेका निमित्त जनस्वास्थ्य प्रमुख सरोज कुमार शाह र क्षय कुष्ठ निरिक्षक प्रेमबहादुर केसी लगायतले स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवन गरेमा जस्तो जटिलतायुक्त क्षयरोग पनि निको हुने बताउनुभएको थियो । यसैबीच क्षयरोग निवारण संघ र टिवी नेपालमा रहेका ५२ जना बिरामीहरुलाई फलफुल वितरण पनि गरिएको छ । बाँकेमा नसर्ने ५ सय ९६ र सर्ने नयाँ बिरामी ४ सय ७३ र जीर्ण खालका ९० जना गरेर ११ सय ५९ जना क्षयरोगीहरु रहेका छन् ।

 

प्रकाशित मितिः बिहिबार, चैत्र ११, २०७२     4:11:42 PM  |