घाम र पसिनाबाट बच्ने उपाय



Don't sweat the small stuff

गर्मी मौसम सुरु भइसकेको छ । यो मौसममा बढी पसिना आउने हुँदा यसले हाम्रो शरीरलाई असर गर्छ । पसिनाका कारण ऐक्सेसिम स्वेटिङ नामक रोग लाग्न सक्छ । शरीरबाट बढी पसिना निस्किएर छाला लगातार भिजिरहे त्यो आफैँमा एक प्रकारको रोग बन्छ । गर्मी मौसममा चर्काे घामका कारण हामीलाई छालाजन्य विभिन्न रोग पनि लाग्ने गर्छन् । गर्मीबाट शरीरलाई जोगाउन उपाय केही उपाय हेरौँ ।

पसिनाबाट बच्ने उपायः

–    नुहाउँदा सादा फिटकिरीले काखीमुनि केही समयसम्म रगड्ने । गर्मी मौसममा दिनको दुई पटकसम्म गुणस्तर र वास्नायुक्त साबुन प्रयोग गरेर नुहाउने,
–    नुहाउने पानीमा निमको पात उमालेको पानी मिसाएर नुहाउने,
–    नुहाउने पानीमा कागती वा डिटोल पनि प्रयोग गर्न सकिन्छ,
–    जुत्ता लगाउनुअघि पाउडर हाले पसिना आउँदैन,
–    लुगा खोल्नासाथ पट्याएर नराख्ने, किनकि पसिना गुम्सिएर गन्हाउन सक्छ,
–    निमयुक्त साबुन र बडीवासको प्रयोग गर्ने,
–    पसिनाको गन्धबाट मुक्ति पाउन बास्नादार परफ्युम तथा बडीस्प्रेको प्रयोग गर्ने,
–    अनुहारमा मलमलको कपडामा आइसका केही टुक्रा राखी हल्कासँग रगड्ने,
–    गर्मीमा ज्यादा भद्दा मेकअप नगर्ने, भद्दा मेकअपलाई पसिनाले बगायो भने अनुहार ज्यादै फोहोरी देखिन्छ ।

घामबाट बच्ने उपायः

–    बाहिर निस्कँदा बडी लोसन, सनस्किन क्रिमको प्रयोग गर्ने,
–    अनुहारको सुरक्षाका लागि सनग्लास र माक्स प्रयोग गर्ने,
–    समय–समयमा सफा रुमालले अनुहार पुछिरहने,
–    घामबाट जोगिन बाहिर निस्कँदा छाताको प्रयोग पनि गर्न सकिन्छ,
–    आफ्नो छाला कस्तो प्रकारको हो भन्नेबारे चिकित्सक तथा दक्ष ब्युटिसियनसँग परामर्श लिएर मात्र सनस्किन क्रिम र लोसनको प्रयोग गर्ने ।
प्रस्तुति- मनिषा रायमाझी  

 

  • No tags available
प्रकाशित मिति : २०७२ चैत ८ गते सोमबार