20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नगरपालिकाले सरसफाई शुल्क लिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७२  

दाङ्ग, फागुन २१
वर्षौदेखि फोहरको विवाद र हप्तौंसम्म फोहर उठ्न नसक्ने तुलसीपुरमा बजारमा आगामी आर्थिक वर्षदेखि नगरपालिकाले सरसफाई शुल्क उठाउने भएको छ । अन्य नगरपालिकाहरुले सरसफाई शुल्क लिएर फोहरको दीर्घकालिन व्यवस्थापन गरेको सिको गर्दै तुलसीपुर नगरपालिकाले पनि दीगो व्यवस्थापनका लागि सरसफाई शुल्क लिने भएको हो । नगरपालिकाको हालै सम्पन्न परिषद्ले निर्णय गरेको हो ।
नगरको फोहर व्यवस्थापनका लागि फोहर उत्सर्जन गर्ने निकाय र घरधुरीबाट यस्तो शुल्क लिने निर्णय गरेको पनि कार्यकारी अधिकृत बेलबासेले जानकारी दिए । नगरपालिकाले आगामी साउनदेखि यो नियम लागु गरेपछि सामान्य एउटा घरले मासिक एक सय रुपैया शुल्क तिर्नुपर्नेछ भने भने अन्य बढी फोहर बिसर्जन गर्ने निकायले मासिक बढीमा ३ सय रुपैयासम्म शुल्क नगरपालिकाले तिर्नु पर्नेछ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७२     12:04:42 PM  |