कोहलपुर, फागुन २१
बा“केमा अझै पनि १६ प्रतिशतमा हात्तीपाइलेको संक्रमण भएको पाइएको छ । ५ बर्ष सम्म निरन्तर हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन गराइदै आएपनी बा“केमा अझै सम्म पनि हात्तिपाइलेको संक्रमण कम हुन सकेको छैन ।
हात्तीपाइलेको प्रभाव न्युनिकरण नभएपछि जिल्ला जनस्वास्थ्य कार्यालय बा“केले आगामी फागुन २९ गते देखि हात्तीपाइले रोग बिरुद्धको अभियानको थालनी गर्ने भएको छ । पाँचौ पटक सम्म निरन्तर हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाइदै आएपनि जिल्लामा त्यसको प्रभाब घटनुको सट्टा झन झन बढदै जान थालेपछी फेरि अभियानकै रुपमा औषधी सेवन गराइने भएको हो ।
अभियानको बारेमा जानकारी गराउनका लागि जिल्ला जनस्वास्थ्य कार्यालय बा“केले बिहीबार पत्रकारहरुसंग छलफल समेत गरेको छ । पत्रकार छलफल कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय बा“केका प्रमुख डाक्टर बिनोद कुमार गिरिले पछिल्लो परिक्षणले बा“केमा हात्तीपाइलेको प्रभाब घट्नुको सट्टा जस्ताको तस्तै अबस्थामा रहेपछि पुन अभियानको थालनी गरिएको बताए । उनले बिगतका बर्षमा पोका पारेर घरमै लगेर औषधी दिँदा सर्वसाधरणले नखाएका कारण हात्तीपाइलेको प्रभाब नघटेको बताए । प्रमुख गिरीले यसपटक भने स्वास्थ्यकर्मीकै अगाडी औषधी सेवन गर्नुपर्ने नियमका साथ कडाइ गरिएको बताए ।
अभियानमा खटिने स्वास्थ्यकर्मिहरुले शुरुमा आफै औषधी सेवन गरेर सर्वसाधरणलाई औषधी खुवाइने बताए । हात्तीपाइले रोग बिरुद्धको अभियान सन्चालनका लागि बाँकेमा २ हजार २ सय ८० जना स्यंमेवक ३ सय ३९ जना स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । अभियान आगामी फागुन २९ गते देखि चैत्र १ गते सम्म सञ्चालन गरिने भएको छ । कार्यक्रममा सहभागि पत्रकारहरुलाई पनि हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाइएको थियो ।
सन् २०२० सम्ममा बिश्वबाटै हात्तिपाइले रोग निवारणका लागि विश्व स्वास्थ्य संगठनले अभियान चलाएको छ । क्युलेक्स नामका पोंथी लामखुट्टेको टोकाइबाट लाग्ने हात्तिपाइले रोग बिरुद्धको औषधी दिर्घ रोगी २ बर्ष मुनीका बालबालीका गर्भवती महिला ७ दिन सम्मका सुत्केरीलाई
खानुहँुदैन ।
प्रकाशित मिति : २०७२ फागुन २१ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्