26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कर्णाली अञ्चलमै पहिलो पटक पित्त थैलीको पत्थरीको सफल शल्याक्रिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन १२, २०७२  

 

फाागुन १२,

कर्णाली अञ्चलमै पहिलो पटक पित्तथैलीको पत्थरीको सफल शल्याक्रिया गरिएको छ । कर्णाली स्वास्थ बिज्ञान प्रर्तिष्ठानले जुम्लामा पहिलो पटक पित्तथैलीको पत्थरीको शफल शल्याक्रिया गरिएको हो । चन्दनाथ ४ का पगले सार्कीको पित्तमा रहेको पत्थरीको सल्याक्रिया गरिएको कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । डाक्टर हरिहर देवकोटा, तुफान सिंह कठायत सहितको टोलीले सार्कीको सल्यक्रिया गरिएको जनाइएको छ । शल्याक्रिया लागत १२ हजार ५ सय मात्र रहेको डक्टर हरिहर देवकोटाले जानकारी दिनु भयो । जिल्लामा सस्तो मुल्यमा पित्तथैलीको पत्थरीको शल्याक्रिया हुने भएपछि स्थानिय खुसि भएका छन् ।
हरनिया हाइड्रोसिल, हाडजोर्नी तथा स्त्री रोग लगायतका शल्याक्रिया प्रष्ठिानमा भइरहेको जनाइएको छ । साथै छिटै ल्यापरोसकोपि संचालनमा ल्याइने जनाएको छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १२, २०७२     2:29:57 PM  |