हराइरहेको विमान जलिरहेको अवस्थामा भेटियो



  • हराइरहेको विमान जलिरहेको अवस्थामा भेटियो
म्याग्दी-पोखराबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोमका लागि बुधबार विहान उडेको तारा एयरको ट्वीनअटर विमान भेटिएको छ। म्याग्दीको दाना गाविस—२ स्थित सोलीघोप्टे आसपासबाट आवाज आएको दाना रुप्सेका स्थानीयले बताएपछि श्याम पुन, लालबहादुर पुन, नविन खड्का र शेरबहादुर बुढाथोकी सहित एक जना प्रहरी त्यसतर्फ गएका थिए। पश्चिमाञ्चल क्षेत्रका निमित्त प्रहरी प्रमुख महेन्द्र कु्मार पोख्रेलले सोलीघोप्टे नजिकै विमान भेटिएको पुष्टि गरे।
प्रहरी टोलीले जलिरहेको अवस्थामा जहाज भेटेको छ। ‘हामीले जलिरहेको अवस्थामा विमान देख्यौं। अझै जल्दै छ’ श्याम पुनले भने। उनका अनुसार एकजनाको शव समेत टाढाबाट देखिएको छ। केगरबुटाको खाल्टोमा विमान खसेको छ। प्रहरी, सेना सहितको टोली भन्दा पहिले स्थानीय त्यहाँ पुगेका छन्।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १२ गते बुधबार