उनले त्यसका लागि आवश्यक काम गर्न सिनेटसँग आग्रह गरे । गत शनिबार सर्वोच्च अदालतमा लामो समयदेखि काम गरेका न्यायाधीश एन्टोनिन स्कालियाको निधन भएपछि रिक्त पदमा ओबामाले नियुक्त गर्न लागेकाहुन ।
रिपब्लिकन पार्टीले भने आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावपछि सत्तामा आउनेले न्यायाधीश नियुक्त गर्नुपर्ने माग गरेको छ । तर राष्ट्रपति ओबामाले आफू अमेरिकी कानुनअनुसार चल्ने र यसले न्यायाधीश नियुक्त गर्न नरोक्ने भएकाले आफ्नो काम सुरु गर्न सिनेटसँग आग्रह गरेका छन् ।
नौं जना न्यायाधीश रहेको अमेरिकी सर्वोच्च अदालतमा स्कालियाको निधनअघि पाँच जना कन्जरभेटिभ र चार जना लिबरल न्यायाधीश थिए । अब ओबामाले नियुक्त गर्ने न्यायाधीश लिबरल हुने अनुमान गरिएको छ ।
यसले अमेरिकी न्यायालयको संरचनामा डेमोक्र्याटिकको प्रभाव बलियो हुने छ । जुन राष्ट्रपति निर्वाचनमा पनि फाइदाजनक हुने छ ।
रिपब्लिकनले भने लिबरल न्यायाधीश नियुक्त भएमा राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीलाई नकारात्मक प्रभाव पर्ने भन्दै तत्काल नियुक्त गर्न नहुने पक्षमा उभिएको छ । सिनेटमा रिपब्लिकनको बहुमत रहेकाले न्यायाधीश नियुक्त गर्ने प्रक्रिया भने ओबामाका लागि सजिलो नभएको बताइएको छ । (एजेन्सी)
– See more at: http://imagekhabar.com/samachar/detail/58395/28/.meroml#sthash.fWJwJNYJ.dpuf
प्रतिक्रिया दिनुहोस्