यसकारण घातक हुने रहेछ रक्सी सेवन, बल्ल थाहा भयो कारण !



Beerएजेन्सी । रक्सी पिउनु स्वास्थ्यका लागि हानीकारक छ, यो त सबैले भन्दै आएका हुन् । तर, किन हानीकारक छ, यसले मुख्यरुपमा कहाँ असर पुर्याउँछ, भन्ने कुरा भने खासै जानकारी रहेको पाइँदैन ।

यसैक्रममा पहिलो पटक क्यालिफोर्निया युनिभर्सिटीका एक प्रोफेसरले रक्सीले कहाँ असर पुर्याउँछ, भन्ने तथ्य पत्ता लगाएका छन् । उनका अनुसार रक्सी पिउँदा पेटमा रहेका व्याक्टेरिया लिवर (कलेजो)मा प्रवेश गर्छन् । लिवरमा प्रवेश गरेका ब्याक्टेरियाले विस्तारै त्यसको क्षमता कम गर्न थाल्छन् । जसले सरीरमा रोग प्रतिरोधी क्षमता घट्न थाल्छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका सेन डिएको स्कूल अफ मेडिसिनका वरिष्ठ लेखक बर्नाड स्कनाबलले भने, ‘रक्सीले मुख्यरुपमा रोगप्रतिरोधी क्षमतामा ह्रास ल्याउँछ ।

लिवरसम्बन्धी रोगहरुले छिटो आक्रमण गर्न थाल्छन् । अन्य रोगले पनि सजिले समाउन थाल्छ । यसबाट बच्ने एकमात्र उपाय भनेको रोग प्रतिरोधी क्षमता बढाउने नै हो । त्यसका लागि सक्नुहुन्छ भने रक्सी पिउन कम गर्नुस् ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन ५ गते बुधबार