19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

४२ प्रतिशत अपाङ्ग युवायुवतीको एक भन्दा बढी यौन साथी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ४, २०७२  

Disability-and-sex-1900x700_cकाठमाडौं – नेपालमा गरिएको एक अध्ययनले अपाङ्गता भएका ४२ प्रतिशत युवायुवतीको एक भन्दा बढी यौनसाथी रहेको देखाएको छ । ‘नेपालका अपाङ्गता भएका युवाहरुको यौन तथा प्रजनन स्वास्थ्य’का विषयमा मेरिस्टोप्स नेपालले देशका विभिन्न ६ जिल्लामा गरेको अध्ययनले अपाङ्ग युवाको ‘मल्टिपल सेक्स पार्टन’ रहेको देखाएको हो ।
राजधानीमा सोमबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार १५ देखी ३० वर्ष उमेरका ४२ प्रतिशत अपाङ्ग युवायुवतीले एक भन्दा बढीसँग शारिरक सम्पर्क राख्ने गरेका छन् । ‘मल्टिपल सेक्स गर्नेमध्येमा ११ प्रतिशत अपाङ्ग युवायुवतीको पहिलो सम्पर्क दवावका भरमा भएको छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नैतिक सफाई र स्वीकृतीमा मेरिस्टोप्सले काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, कास्की र पर्सा जिल्लामा अध्ययन गरेको थियो ।

विवाहित र अविवाहित दुवै गरी ६ जिल्लाका २ सय ९३ जनामा उक्त अध्ययन गरिएको थियो । अध्ययनमा ५५ प्रतिशत महिलाको सहभागिता थियो । शारिरिक, बहिरा र दृष्टिविहिन गरी तीनवटा अपाङ्गतालाई आधार मानेर अध्ययन गरीएको

विवाहित र अविवाहित दुवै गरी ६ जिल्लाका २ सय ९३ जनामा उक्त अध्ययन गरिएको थियो । अध्ययनमा ५५ प्रतिशत महिलाको सहभागिता थियो । शारिरिक, बहिरा र दृष्टिविहिन गरी तीनवटा अपाङ्गतालाई आधार मानेर अध्ययन गरीएको प्रमुख अनुसन्धानकर्ता रामचन्द्र गैरेले बताए ।
उनका अनुसार अध्ययनका क्रममा उनीहरुको यौन जीवन अन्य व्यक्ति सरह सक्रिय रहेको पाइएको थियो । तर, उनीहरुका लागि लक्षित कार्यक्रम नहुँदा र स्वास्थ्य संस्था अपाङ्ग मैत्री तथा सेवा प्रदायकले राम्रो व्यवहार नदेखाउँदा परिवार नियोजनको प्रयोग दरमा भने निकै किम रहेको अध्ययनमा पाइएको छ ।

उक्त समुहका ५ दशमलव ५ प्रतिशतमा मात्र परिवार नियोजनका सबै आधुनिक तरिकाहरुका बारेमा सचेत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अध्ययनमा सहभागी उत्तरदातामध्ये ४७ प्रतिशतले सक्रिया यौन कार्यमा संलग्न रहेको बताएका थिए । विवाहितमध्ये ३५ प्रतिशतले नकारात्मक असर हुन्छ भन्ने डरले परिवार नियोजनका साधन प्रयोग नगरेको बताएका छन् । उक्त समुहका १४ प्रतिशतले सुरक्षित गर्भपतनका उपाय अपनाएको समेत फेला परेको छ ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ४, २०७२     12:23:10 PM  |