रमादी शहरमा आइएस लडाकुद्वारा पुनः आक्रमण



बग्दाद, पुस १९ । इराकी सेनाले रमादी शहरलाई स्वतन्त्र घोषणा गरेको केही दिन मै इस्लामिक अतिवादी समुह ‘आईएस’का लडाकुले फेरि आक्रमण शुरु गरेका छन् ।

लडाकुहरुले मध्य रमादीभन्दा बाहिरी क्षेत्रमा आक्रमण गरिरहेको अमेरिकी नेतृत्वको गठबन्धन सेनाका प्रवक्ताले जनाएका छन् ।

इराकीसेनाले आक्रमणलाई सफलतापूर्वक निस्तेज पारेको बताइएको छ । आईएसका लडाकुले सैन्य भेषमा आत्मघाती आक्रमण समेत गरेका छन् । इराकी सेनालाई अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सहयोग गरिरहेको छ ।

संघर्ष चर्किएपछि इराकी सेना र सुन्नी आदिवासी लडाकुले सर्वसाधरणलाई सुरक्षित स्थानमा जान सहयोग गरिरहेका छन् । (एजेन्सी)

  • No tags available
प्रकाशित मिति : २०७२ पुस १९ गते आइतबार