हङकङ, पुस १९ । नयाँ वर्षको आरम्भसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको विषयले पुन चर्चा पाएको छ । तिब्बत रेलमार्ग काठमाडौं सम्म विस्तार गर्ने, तेलको पाइपलाईन जोड्ने लगायत केही महत्वपूर्ण विषयमा भइरहेको गृहकार्य निष्कर्षमा पुग्यो भने नेपाल चिन सम्बन्धमा ‘ब्रेक थ्रु’ हुनेगरि राष्ट्रपति सी जिनपिङको भ्रमण आयोजना गर्न बेईजिङले तयारी गरेको छ ।
बेइजिङमा गत साता विदेशमन्त्री तहमा भएको दुईपक्षीय वार्तामा उच्चस्तरीय भ्रमणको विषयले निकै महत्व पाएको थियो । चीनले प्रधानमन्त्री केपी ओलीलाई चाँडै चिन भ्रमण गर्न आमन्त्रण गरेको छ भने चीनबाट पनि उच्च भ्रमण हुने प्रतिबद्धता आएको छ । पेट्रोलियम पदार्थको व्यापारिक कारोबारको लागि पहल गर्ने र केही अन्य मुद्दामा छलफल गर्ने र कही सामानय तयारीमा बेइजिङ पुगेको उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको टोली दुई देशबीत दीर्घकालीन आर्थिक सम्बन्ध विस्तारको लागि खाकासहित फर्केको छ । नागरिक दैनिकमा पूर्ण बस्नेतले खबर लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्