काठमाडौं, पुस १४ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा ५५ जनाको मृत्यु भएको छ । महिला आत्मघाती आक्रमणकारीले अदामावा र बोर्नो राज्यमा गरेको छुट्टाछुट्टै बम आक्रमणमा ५५ जनाभन्दा बढीको मृत्यु भएको हो ।
अदामावा राज्यको मदागली शहरको एक व्यस्त बजारमा भएको आक्रमणमा २५ जनाको मृत्युभएको छ । यस्तै बोर्नोको मइदुगुरीमा भएको बम आक्रमणमा ३० जनाभन्दा बढीको ज्यान गएको अधिकारीहरुले जनाएका छनु ।
मइदुगुरीका विभिन्न ठाउँमा बम विस्फोट भएको थियो । विस्फोटमा परी एक सयभन्दा बढी घाइते भएका छन् । गत हप्ता नाइजेरिया सरकारले विद्रोही संगठन बोको हरामविरुद्धको युद्ध प्राविधिकरुपमा जितेको घोषणा गरेको थियो ।
यो आक्रमण पनि बोको हरामले नै गरेको आशंका गरिएको छ । विस्फोटपछि सेनाले जवाफी कारबाही गरेको थियो । त्यस क्रममा १० जना संदिग्ध आत्मघाती आक्रमणकारी मारिएको सेनाले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्