20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

वैज्ञानिकले गरे निन्द्रा व्युताउने संयन्त्र आविश्कार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस १३, २०७२  

एजेन्सी– कफी र ब्रेकफास्टको गन्धले मस्त निन्द्रामा सुतेको मानिसलाई व्युताउन सक्ने समाचार सार्वजनिक भइरहेकै बेला दिमागले तपाईको शरिरलाई कसरी व्युताँउछ भन्ने विषयमा वैज्ञानिकहरुले नयाँ अनुसन्धान गरेका छन् । स्वीटजरल्यान्डको युनिर्भसिटी अफ वर्नका  वैज्ञानिकहरुको एक अध्ययन टोलीले निन्द्राबाट तीब्र रुपमा व्युताउन जिम्मेवार मानिने एउटा संयन्त्रको आविश्कार गरेको दाबी गरेका छन् । उनीहरुको आविश्कारले निन्द्रा असन्तुलनको चिकित्सकीय उपचारका लागि नयाँ रणनीति र निस्कृय वा अचेत चरणहरुमा सचेतनाको रिकभरीलाई एउटा नयाँ दिशा तर्फ लैजाने विश्वास गरिएको छ ।

निन्द्रा असन्तुलनको सर्वबिबिधतालाई मनन गर्दै प्राध्यापक एन्टोनी एडाम्यान्टिडिस र उनको समूह अनुसन्धान परिणामले ल्याउने सम्भावित अर्थजनक उपलब्धीप्रति उत्साहित भएका छन् । अनुसन्धानकर्ता क्यारोलिना गुटिरेज, हेरिरा र एन्टोनीकोे समूहले भनेको छ, ‘मुसाको दिमागमा एउटा नयाँ चक्रको पहिचान भएको छ जसको सक्रियताले गहिरो निन्द्रामा सुतेको मानिसलाई सजिलै व्युताउन सकिन्छ ।’ शरिरको तापक्रम, भोक, तिर्खा लगायतलाई  नियन्त्रण गर्ने हाइपोथालामस र थालामसको बीचमा रहने यस नयाँ चक्रलाई उनीहरुले उत्तेजित बनाउदा मुसाको निन्द्रा रोकिने गथ्र्यो ।

पछिल्लो समयमा न्युरो अनुसन्धानमा प्रयोग भएका ओप्टोजेनेटिक विधि (कोषलाई नियन्त्रण गर्न प्रकाशको प्रयोग विधि) प्रयोग गरेर सो चक्रले निन्द्रा असन्तुलनका लागि एउटा नयाँ थेरापीको लक्ष्य निर्धारण गरेका थिए ।

‘निदाउने वा प्रष्ट सचेतना नितान्तै सिमित भएकोले यो एउटा उत्साहजनक आविश्कार हो,’ एडामान्टिडिसले भने । उनीहरुको अनुसन्धानले निन्द्रा असन्तुलनका बिरामीलाई थप उपचार गर्न एउटा ब्रेकथ्रु हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । समूहले स्पष्ट सचेत अवस्थाहरुबाट बिरामीहरुलाई बाहिर ल्याउन एउटा उपाय सृजना गर्न सक्ने विश्वास गरिएको छ । यस अनुसन्धानको अझै अध्ययन हुन बाँकी रहेको प्राध्यापक एन्टोनी बताउछन् ।

– See more at: http://swasthyakhabar.com/2015/12/36956.html#sthash.ELkeebL1.dpuf

प्रकाशित मितिः सोमवार, पुस १३, २०७२     10:37:55 AM  |