बालिका बलात्कार गर्ने प्रहरी अधिकृतलाई १०० वर्षको जेल सजाय



शिभम् सिमेन्ट

क्वालालम्पुर, पुस ८

तेह्र वर्षकी एक बालिकालाई बलात्कार गर्ने मलेसियाली एकजना प्रहरी अधिकारीलाई मलेसियामा कम्तीमा पनि एक सय वर्षको जेल सजाय दिइएको  छ। मलेसियाका ती प्रहरी उच्च प्रहरी अधिकारीलाई सय वर्षको जेल सजाय र १५ कोर्राको सजाय बुधबार सुनाइएको हो।
मलेसियाको प्रहरीका डेपुटी सुपरीटेन्डेन्ट राहाइजात अब्दुल अनिमाथि एक स्थानीय होटलमा कामगर्ने १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो। उनले ती बालिकालाई चार पटकसम्म बलात्कार गरेको आरोप सन् २०१२ मा लागेको थियो। तीन वर्ष लामो अनुुसन्धानबाट उनले सो बलात्कार गरेको ठहर गरेको हो। मलाया मेल अनलाइनमा उनलाई दोषी ठहर गरी १०० वर्षको जेल सजायका साथै १५ कोर्रा हान्ने कारबाही सुनाइएको बुधबार जनाइएको छ।
मलेसियाको सबाह राज्यको अदालतले सो सजाय सुनाएको हो। उक्त अदालतले अपराध गर्ने व्यक्तिले ती बालिकाको उमेरका साथै कुनै पनि सम्वेदनशिलताको बेवास्ता गरेकोले यस्तो सजाय दिनुपरेको बताएको छ।
विभिन्न प्राविधि विषयहरुका लागि उनको जेल समय घटाएर उनले आगामी कम्तीमा पनि ८० वर्ष जेल सजाय भोग्नुपर्नेछ। उनी ५४ वर्षका हुन्। यस आरोप लागेपछि नै उनी निलम्बन भइसकेका छन्। यस सजाय सुनाउने समयमा पनि उनी अदालतमा नै थिए।
उनको साथमा उनकी श्रीमती पनि रहेकी थिइन्। तर त्यस फैसलापछि पनि उनले खासै कुनै प्रतिक्रिया दिएका थिएनन्। उनका वकिलले भने ती प्रहरी अधिकारीले यस फैसलाकाल विरुद्धमा माथिल्लो अदालतमा अपील गर्ने जनाएका छन्। रासस/एएफपी

 

  • No tags available
प्रकाशित मिति : २०७२ पुस ८ गते बुधबार