गैरकानुनी रुपमा युरोप प्रवेश गर्नेको संख्या १० लाख लाघ्यो



युरोप प्रवेश गर्नेमध्ये झन्डै ८ लाख टर्कीबाट ग्रिस हुँदै समुद्री मार्ग भएर गएका हुन् ।आप्रवासीको प्रवाह बढी भएपछि युरोपियन युनियनका देशबीच राजनीतिक मतभेद पनि भएको छ ।

हंगेरी र स्लोभाकिया जस्ता देशले युरोपियन कोर्ट अफ जस्टिसमा आप्रवासीका लागि ईयुले बनाएको नियम विरुद्ध मुद्दा दायर गरेका छन् ।

आइओएमले सार्वजनिक गरेको प्रतिवेदनमा ग्रिस, बुल्गेरिया, इटली, स्पेन, माल्टा तथा साइप्रेस भएर युरोप पुग्ने आप्रवासीलाई समावेश गरिएको छ ।
प्रतिवेदनअनुसार भूमध्य सागर पार गरेर युरोप प्रवेश गर्नेमा आधाभन्दा धेरै सिरियाली नागरिक रहेका छन् ।

यस्तै २० प्रतिशत अफगानिस्तानका नागरिक र सात प्रतिशत इराकका छन् । आइओएमका अनुसार समुद्री मार्ग भएर युरोप प्रवेश गर्ने क्रममा ज्यान जाने तथा बेपत्ता हुनेको संख्या यो वर्ष ३ हजार ६ सय ९५ पुगेको छ । (एजेन्सी)

  • No tags available
प्रकाशित मिति : २०७२ पुस ८ गते बुधबार