नेपाली समाज टेक्सासको निर्वाचन सम्पन्न



के सी शेर
अष्टिन टेक्सास –
नेपाली माज टेक्सासको निसर्वाचन सम्पन्न भएको छ । मुख्य पदहरुमा सहमती जुट्न नसकेपछि भएको निर्वाचनमा एक सदस्य बाहेक अरु सबै पदमा कृष्ण लामिछाने प्यानल बिजयी भएको छ । अध्यक्षमा दुरदर्शी सोचका साथ अनुभवी समुहका लामीछानेले टिम वीथ अ भिजन समुहका प्रत्यासी बिजयराज भट्टराई लाई पराजीत गर्दै विजयी भएका हुन् ।

अध्यक्षमा विजयी लामीछानेले १०७१ मत प्राप्त गरेका थिए भने पराजीत भट्टराईले ७६४ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा लामिछाने प्यानलकै कमल सापकोटाले १०१४ मत प्राप्त गरि बिजयी भए भने उनका प्रत्यासी चन्द्रमणी पाण्डेले ७५५ मत प्राप्त गरेका थिए ।1058848_999195923471878_542512088_n

 नवनिर्वाचित अध्यक्ष लामिछाने ।

यस्तै महासचिवमा लामिछाने प्यानलकै कमल सत्यालले ९१४ मत प्राप्त गरी बिजयी हुंदा उनका प्रत्यासी भानु खरेलले ८५९ मत प्राप्त गरेका थिए । यस्तै कोषाध्यक्षमा दिवस थापाले ९५९ प्राप्त गरेर विजयी भए भने उनका प्रयासी कपील अधिकारीले ८१९ मत प्राप्त गरेका थिए । यता सदस्यमा सन्तोष विष्टले १०५५ मत, उज्वल सिंहले १००४ मत, सत्य थापाले ९३२ मत, सन्दिप जे. ढुंगानाले ९१६ मत, शुष्मा चापागाईले ९१३ र प्रेम प्रकाश पाठकले ९१२ मत प्राप्त गरि विजयी भएका छन् । विजयी सदस्य मध्ये शुष्मा चापागाई मात्रै भट्टराई प्यानलकी विजयी उम्मेदवार हुन् ।

२४४१ जना साधारण सदस्य रहेको संस्थामा १८९६ जनाले मतदान गरेका थिए । समितीको दुई वर्षे कार्यकालका लागी निर्वाचन अघी नै डेपुटी जनरल सेक्रेटरीमा शुमन कार्की, डेपुटी कोषाध्यक्षमा शुमन थापा, आईटी कोअर्डिनेटरमा बिदुर श्रेष्ठ, महिला कोअर्डिनेटरमा निर्मला श्रेष्ठ तथा युवा तथा विद्यार्थी कोअर्डिनेटरमा जुविन राजभण्डारी सर्वसम्मत रुपमा चयन भइसकेका थिए । यसैबिच कार्यसमिती सदस्यमा विजयी सदस्य सत्य थापाले आफुलाई मतदान गरेर वजयी गराउने सबै नेपालीलाई धन्यवाद दिंदै टेक्सासमा रहेका नेपालीहरुको विकासका लागी आफुले सक्दो गर्ने बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस ७ गते मंगलबार