28 November 2020  |   शनिबार, मंसिर १३, २०७७

भ्लादिमिर पुटिनले दिए एटम बमले उडाइदिने धम्की !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २५, २०७२  

एजेन्सी– विश्वकै शक्तिशाली व्यक्ति रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले सम्मकै खतरनाक धम्की दिएका छन् । रसियाको राजधानी मस्कोमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धम्की दिएका हुन् ।
पुटिनले सिरिया लगायतका मुलुकहरुमा आतंक मच्चाउँदै आएको आईएसआइका सर्वोच्च नेता बग्दादी र उनको समुहलाई एटम बमले खरानी बनाइदिने धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् । उनको यो धम्की निकै खतरनाक भएको समेत उनीहरुले टिप्पणी गरेका छन् ।
विगत केही समयअघिदेखि सिरियामा शसस्त्र फौजी कारवाही सञ्चालन गर्दै आएको रसियाले पछिल्लो समयमा आणविक मिसाइलहरुको प्रयोग गरी कार्बाहीलाई तीव्र पारिरहेको छ ।
बुधबार मात्र क्यासपियन सागरबाट २४०० किलोमिटर मार हान्न सक्ने शक्तिशाली आणविक मिसाइलमार्फत कार्वाही गरिएको सञ्चारमाध्यामहरुले बताएका छन् । सिरियामा केही समययता रुसको नेतृत्वमा विश्व शक्ति राष्ट्रहरुको गठजोडमा थुप्रै शक्तिशाली आक्रमण भइसकेका छन् ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २५, २०७२     12:25:41 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *