1 December 2020  |   मङ्लबार, मंसिर १६, २०७७

भारत आउने चारमध्ये तीन मधेसी नेता निर्वाचनमा पराजित : भारतीय संसदमा उठ्यो आवाज –

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर २१, २०७२  

काठमाडौँ : नेपालबारे भारतको संसदको माथिल्लो सदन राज्यसभामा सोमबार भएको बहसमा मणिशंकर अय्यरले गम्भीर प्रश्न उठाए- भारत आउने चार जनामध्ये तीन मधेसी नेता निर्वाचनमा पराजित भएका हुन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्‍भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव अहिले भारत भ्रमणमा छन्।

तीमध्ये ठाकुर र महतो संविधानसभाको निर्वाचनमा पराजित भएका हुन्। उपेन्द्र यादव दुई निर्वाचन क्षेत्रमा उम्मेदवार भएकोमा मोरङ ५ मा पराजित भई सुनसरी ५ मा विजयी भएका हुन्।

महतो सर्लाही ४ बाट र ठाकुर सर्लाही ६ बाट पराजित भएका हुन्।

२०७० सालमा भएको संविधानसभा निर्वाचनमा अहिले आन्दोलनरत मधेशी दलको जनमत कति थियो त? हेर्नुस् –607x1200xmadhesh,282,29.jpg.pagespeed.ic.YFjk5uQONA

प्रकाशित मितिः सोमवार, मंसिर २१, २०७२     9:20:43 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *