2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

पूर्वप्रधानमन्त्री खालिदा जियालाई सोमबार अदालतमा उपस्थित गराइने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर १३, २०७२  

मंसिर १३

बङ्लादेश– बङ्लादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचार आरोपमा सोमबार यहाँको विशेष अदालत सामु उपस्थित गराइने भएको छ ।khalida ziya

पूर्वप्रधानमन्त्री जियालाई गैरकानुनीरुपमा एक विदेशी ठेकेदार कम्पनीलाई राज्यको ढुकुटीमा घाटा पर्ने गरी ठेक्का सम्झौता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

जियालाई स्थानीय समयअनुसार ११ः३० बजे विशेष अदालत–९ मा उपस्थित गराइने बङ्गलादेशको प्रतिपक्षी पार्टीका सल्लाहकार सनुल्ला मियाँले पत्रकार सगँको कुराकानीका क्रममा बताए ।

प्रकाशित मितिः आइतवार, मंसिर १३, २०७२     6:56:38 PM  |