झापा, १३ मंसिर– हतियारसहित नेपाल छिरेका भारतीय सीमा सुरक्षा बलका १३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
झापा, १३ मंसिर– दक्षिणी झापाको केचना नाकाबाट सशस्त्र प्रहरीले एसएसबीका १३ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार विहान केचना नाकाबाट हतियारसहित नेपाल छिरेका भारतीय सीमा सुरक्षा बल (एसएसबीका) १३ जनालाई सीमा सुरक्षामा खटिएको शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतको बिहारसँग सीमा जोडिएको झापाको केचनास्थित नेपाली भूभाग प्रवेश गरेर स्थानीयवासीलाई आतंकित बनाइरहेको अवस्थामा उनीहरुलाई केचना स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिए ।
पक्राउ परेकामध्ये चार जनासँग अत्याधुनिक राइफल समेत रहेको र एसएसबीको टोली नेपाल प्रवेश गरेको विषयमा छानवीन भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
विहान हतियार सहित नेपाल छिरेको एसएबीको उक्त समुहले तस्करहरुलाई खेद्दा नेपाली भूमिमा आएको बताएका छन् । अहिले उनिहरुलाई नेपाल शसस्त्र प्रहरीको बेसक्याम्पमा राखिएको छ । दुई दिन अघि सो नाकाबाट तस्करहरूले ४२ बोरा सुपारी भारततर्फ लैजाने क्रममा भएको झडपमा प्रहरीले १३ राउन्ड फायरिङ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्