पम्पबाट इन्धन वितरणमा कमी 



कोहलपुुर, मंसिर १०
जिल्ला प्रशासन कार्यालय बाँकेले कोटा र कुपन प्रणाली सुरु गरेपछी बाँकेका पेट्रोलपम्पहरुबाट पेट्रोलियम पदार्थ बितरण हुन छाडेको छ । बाँकेमा रहेका हरेक पेट्रोलपम्पबाट आएको इन्धन मध्ये जम्मा १० प्रतिशत इन्धन मात्रै बिक्री बितरण हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोटा र कुपन प्रणालीबाट बितरणको ब्यबस्था मिलाएपछी इन्धन लिनेहरुको कमि आएको हो । जसका कारण बजारमा कालोबजारी समेत ह्वात्तै घटेको जिल्ला अनुगमन समितिको ठहर छ ।
यसैबिच बाँकेमा एउटाको नामको कुपनले अर्काेले तेल हाल्न खोज्ने ट्रकलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याकंरको नाममा रहेको कुपनलाई ना ३ ख ४१६१ नम्बरको ट्रकले ईन्धन हाल्न थालेपछि बाँके राँझामा रहेको भेरी कर्णाली आयल स्टोरबाट ट्रक चालक सहित बाँके प्रहरीले नियन्त्रणमा लिएको जनाएको
छ । घटनाबारे अनुसन्धान भैरहेको बाँके प्रहरीका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक भिमकिरण बोगटीले जानकारी दिए । बजारमा पेट्रोलियम पदार्थमा ब्यापक कालोबजारी भैरहेको गुनासोका आधारमा प्रहरीले पनि सकृयता बढाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ मंसिर १० गते बिहीबार