24 April 2024  |   बुधबार, बैशाख १२, २०८१

प्रदेश नं. ५

बाँकेमा बिपद पुर्बतयारी, १ लाख ५० हजार मानिस जोखिममा

बाँकेमा बिपद पुर्बतयारी, १ लाख ५० हजार मानिस जोखिममा

    प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८       |
कोहलपुर : मनसुन सक्रिय भए संगै बाँकेमा बिपद पुर्बतयारी थालिएको छ। बाँके जिल्लामा यस वर्ष विपद्बाट २५ हजार घरपरिवारका १ लाख ५० हजार मानिसहरू प्रभावित हुनसक्ने पुर्वानुमान गरिएको छ । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले उक्त अनुमान गरेको हो ।   त्यसका लागि पुर्ब तयारी थालिएको छ । सबैभन्दा बढी डुडवा, नरैनापुर र राप्ती सोनारी गाउँपालिकामा बाढीले बढी क्षति पुर्याउने अनुमान गरि
आठ हजार ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको  खोप

आठ हजार ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

    प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८       |
देउखुरी-  कोरोनाविरुद्धको तेस्रो चरणको भेरोसिलको पहिलो मात्राको खोप करीब आठ हजार ज्येष्ठ नागरिकलाई लगाइएको छ । दाङमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाउने काम सकिएको छ । जिल्लाभर सात हजार ९८४ जनालाई खोप लगाइएको छ । जिल्लाका दश पालिकाका करीब साढे आठ हजार ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिइएकामा सात हजार ९८४ खोप लगाइएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल च
बाँकेमा खुकुलो पार्दै सात दिन थपियो निषेधाज्ञाको अवधि (के खोल्न पाइन्छ के पाइदैन)

बाँकेमा खुकुलो पार्दै सात दिन थपियो निषेधाज्ञाको अवधि (के खोल्न पाइन्छ के पाइदैन)

    प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८       |
बाँकेमा बैशाख १३ गतेदेखि जारी निषेधाज्ञा थप एक साता थप गरिएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज रातीदेखि सकिदैं थियो । बाँकेका प्रमुख जिल्ला अधिकारीले सोमबार दिउँसो एक सूचना जारी गरेर निषेधाज्ञा थपिएको जनाएका हुन् । तर निषेधाज्ञा थपिएपनि केही खुकुलो भने पारिएको छ ।
राप्ती नदीमा एक्जाभेटरले उत्खनन् गर्न रोक

राप्ती नदीमा एक्जाभेटरले उत्खनन् गर्न रोक

    प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८       |
बुटवल । राप्ती नदीमा एक्जाभेटरलगायत ठूला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्न प्रशासनले रोक लगाएको छ । सम्बन्धित निकायको अनुमति बेगर ठेकेदारहरुले ठूला मेसिन प्रयोग गरेर जथाभावी उत्खनन् गरेको भन्दै स्थानीयले नदीमै पुगेर धर्ना दिएपछि प्रशासनले मेसिन प्रयोगमा रोक लगाएको हो। ‘राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिलगायत सम्बन्धित निकायले अनुमति नदिएको ठाउँमा मेसिन प्रयोग गरेर उत्खनन
बाँकेमा कोरोनाको दोस्रो लहर यताकै कम कोरोना संक्रमित थपिए

बाँकेमा कोरोनाको दोस्रो लहर यताकै कम कोरोना संक्रमित थपिए

    प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८       |
कोहलपुर । पछिल्लो २४ घण्टामा आइतबार बाँकेमा थप ६९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका अनुसार २९ महिला र ४० पुरुष गरेर थप ६९ जना कोरोना जितेर डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या १६ हजार ८ सय ६२ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार कोरोना जित्नेहरुमा ७ हजार १ सय ७७ महिला र
बाँसगढीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार मोटरसाइकल चालक पक्राउ

बाँसगढीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार मोटरसाइकल चालक पक्राउ

    प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८       |
बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–९ स्थित माछागढमा दुर्घटना गराएर भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ मा भे.३प १२५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका प्रेमी थारुको उपचारका क्रममा मृत्यु भएको थियो । बाँसगढी–८ बेलौरी घर भएका प्रेमी थारूलाई ठक्कर दिने बाँसगढीको ककौरा घर भएका ३६ वर्षीय रामभरोसे थारुलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले  बताए ।
बाँकेमा एक साता निषेधाज्ञा थप्ने तयारी

बाँकेमा एक साता निषेधाज्ञा थप्ने तयारी

    प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८       |
कोहलपुर । बाँकेमा गत बैशाख १३ गतेदेखि जारी निषेधाज्ञा फेरि एक साता थप गर्ने तयारी गरिएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि आज राती १२ बजेपछि सकिदैछ । जिल्ला प्रशासन कार्यालय बाँके स्रोत अनुसार निषेधाज्ञा पहिलेको भन्दा केही खुकुलो बनाएर अझै एक साता बढाउने तयारी भइरहेको छ । अब भने निषेधाज्ञाको मोडालिटी केही परिवर्तन हुन सक्नेछ । यससम्बन्धी सूचना साँझसम्म जारी भइसक्ने जिल्ला प्रशास
भूम्या मनाउन रुकुम पूर्वको भूमेमा दुई दिन बिदा

भूम्या मनाउन रुकुम पूर्वको भूमेमा दुई दिन बिदा

    प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८       |
रुकुम पूर्व । मगर समुदायको मुख्य पर्व भूम्या मनाउन रुकुम पूर्वको भूमे गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । आज र भोलि स्थानीय बिदा दिइएको गाउँपालिकाले सूचना निकालेर जनाएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार स्थानीय पर्वको अवसरमा बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिनुभयो । भूमे गाउँपालिकासहित सबै वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्
तलब नपाएको भन्दै मेडिकल कलेज कोहलपुरका कर्मचारी आन्दोलित

तलब नपाएको भन्दै मेडिकल कलेज कोहलपुरका कर्मचारी आन्दोलित

    प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८       |
कोहलपुर ।  चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका छन् । नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने बताए । ‘असार २ गतेभित्र व्यवस्थापन पक्षले तलब भत्ता लगाय
बाँकेसहित आसपासका जिल्लामा वर्षा

बाँकेसहित आसपासका जिल्लामा वर्षा

    प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८       |
कोहलपुर । बाँके आसपासका जिल्लाका बेलुकीदेखि वर्षाको सम्भावना देखिएको छ । जल–मौसम कार्यालय कोहलपुरले आज बेलुका बाँके लगायतका आसपासका जिल्लामा वर्षाको सम्भावना रहेको जनाएको हो । केहीदिन अघि मात्र पुर्वी क्षेत्रबाट नेपालमा यस वर्षको मनसुन भित्र्एिको थियो । आइतबार बाँकेमा भित्र्एिको मनसुनका कारण बेलुका आसपासका जिल्लामा वर्षा हुने पुर्वाअनुमान गरिएको छ । आज मध्यान्हपछी पश्चिम राप्ति नदी जल
पत्रकारको निःशुल्क उपचारका लागि आग्रह

पत्रकारको निःशुल्क उपचारका लागि आग्रह

    प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८       |
काठमाडौँ - प्रेस काउन्सिल नेपालले कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा काउन्सिलले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको महामारीमा पत्रकारको पक्षमा काम गर्नु काउन्सिलको अहम् जिम्मेवारी भएको बताउनुभयो । पत्रकारको अवस्था
उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु

उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु

    प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८       |
राँझा -  बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका—१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको स्टिम बोइलर मेसिन अचानक विष्फोट हुँदा बारबर्दिया नगरपालिका वडा नं. ९ बर्दिया निवासी खुशीराम थारुको मृत्यु भएको थियो ।   इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक