घरेलु हिंसाविरुद जनचेतनामूलक नाटक प्रदर्शन



कोहलपुर, ११ मंसिर/  बाँकेको खजुरा गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय मावि मनकामनापुरमा महिला हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत युएसआईडि तथा पैरवी समुह बाँकेको आर्थिक सहयोग र ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठीको समन्वयमा सो नाटक प्रदर्शन गरिएको हो ।

महिलाहरु माथि हुने विभिन्न खाले घरेलु हिंसा बारेमा जनचेतना जगाउने खालको नाटक प्रदर्शन गरिएको थियो । अझै पनि महिलाहरुमा विभिन्न घरेलु हिंसा हुने गरेकोले यसको न्यूनिकरणको लागि र समाजमा जनचेतना जगाउनका लागि नाटक प्रदर्शन गरिएको हो ।

खजुरा गाउँपालिका–३ का वडाध्यक्ष कान्तुराम गौतमको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठीका कार्यक्रम संयोजक गणेश प्रसाद भट्टराई, नेरा माविका निमित्त प्रधानाध्यापक लक्ष्मण प्रसाद कडेल, विद्यालग व्यवस्थापन समितिका सदस्यहरु, शिक्षकहरु, विद्याथीहरु, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

पैरवी समुह बाँकेका संयोजक गणेश बहादुर वलीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कालीबहाुदर डाँगीले गरेका थिए ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिक सम्म चल्ने अभियानमा महिला बालबालिका तथा समाज कल्यान मन्त्रालय सहित गैर सरकारी संस्थाहरुको सहभागितामा विभिन्न चेतनामूलक कार्यक्रम गरिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ११ गते सोमबार