काठमाडौँ ।
विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको आयोजनामा भइरहेको क्लब विश्वकपका लागि करिब १५ लाख टिकट बिक्री भएको छ । गत सातादेखि सुरु भएको ३२ टोली सम्मिलित प्रतियोगिताका लागि १३० देशका समर्थकले मंगलबारसम्म १५ लाख टिकट बिक्री भएको फिफाले जनाएको छ ।
‘फिफा क्लब विश्वकप विश्वमञ्चमा नयाँ इतिहास रच्न, नयाँ उदीयमान खेलाडीलाई स्थान दिन र क्लब फुटबलका समर्थकलाई ठूलो मञ्चको अनुभूति दिलाउन आयोजना गरिएको हो,’ फिफाका अध्यक्ष जियान्टी इन्फान्टिनोले विज्ञप्तिमा भनेका छन् ।क्लब विश्वकप गत शुक्रबार संयुक्त राज्य अमेरिकाको मियामीस्थित आर्ड रक रंगशालमा उद्घाटन भएको थियो ।
उद्घाटन खेलमा ६० हजार दर्शक उपस्थित थिए । त्यसैगरी, गत आइतबार रोज बल रंगशालामा पेरिस सेन्ट जर्मन (पीएसजी) र एट्लेटिको मड्रिडबीच सम्पन्न खेलमा ८० हजार समर्थक सहभागी थिए । प्रतियोगितामा सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्