सक्खारे जागी हेर मात्र
जोखनीदेवी !
उत्तरमा लम्पसार पल्टिएको
डरलाग्दो चूरे पर्वट जति अग्लिए पनि
तिम्रो सूरजको बाटो छेक्न सक्दैन ।
तिमीलाई थाहा छ छैन
पीठूयूमा दूखका पहाड जोख्दाजोख्दै
कुनै साहु महाजनले राखिदिएको हो तिम्रो नाम–
जोखनीदेबी
महाजनका पयर टेक्ने डगरा सम्याउदा सम्याउदै
राखिएको हो तिम्रो लोग्नेको नाम– डागीराम
चुपचाप भुइमा पल्टेर तिम्रो ममता कुरी बस्ने
तिम्रो छोरोको नाम राखिएको हो – सन्तराम
घाऊ चोट र कष्टका कॉडाघारीमा गुलाव झै
फक्रेकी
तिम्रो छोरीको नाम राखिएको हो –
रामगुलावी
तिमीलाई चित्त बुझे –बुझेनन्
अरू कसैले लेखिदिएका परिबन्धका तमसुकहरूमा
कैयौं पटक ल्याप्चे लगाएकी छ्यौ यिनै नामहरूमाथि
अब खोज रोज आफ्नै मन परेका नामहरू
र देऊ तिम्रा सन्तानलाई
तिम्रो कसीलो ममताको नाम
जोखनीदेबी ! तिम्रो
आजादी मात्रै
कुनै नयाँ यूगको निर्माण हैन
त्यो त खाली
महाजनका गोठवाट सडकछेऊ सारिएको
सपनाको एक ऊडान मात्रै हो ।
तिमीले त चरी झैं साँच्चै उड्नुछ
सन्तानहरूलाई उड्न सिकाउनुछ ।
भर्खरै राहतमा पाइएको
एक बटुको मिझिनी र एक खोरिया जाँड
तिम्रो सपना हो,तिम्रा सन्तानको हैन
उनीहरूलाई नया सपना देखाउ
उनिहरूलाई उनीहरूकै बिहानीको सूरज
देखाउ
र बताऊ
सूरज किन सधै रातै भै बस्छ
उ किन कुनै सीमा वा किल्ला नाघ्न हिच्किचाउदैन
ऊ किन कुनै प्रान्त प्रदेश वा राज्य छुट्याऊदैन
यूगयूगान्तर ब्रमाण्डलाई प्रकाश दिइरहदा पनि ऊ किन रित्तिदैन ?
सूरजसककग एक अनन्त अनुपम उज्यालो छ
जोखनीदेवी
त्यो तिम्रो सन्तानसककग पनि त हुन सक्छ ।
सख्खारे जागि हेर मात्र जोखनीदेवी ।
जनक रसिक अत्तरिया, कैलाली
प्रकाशित मिति : २०८२ वैशाख १३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्