कोहलपुर, २१ कात्तिक/ श्रीराम माध्यामिक विद्यालय कोहलपुर नगरपालिका १४ हवलदारपुरमा युवाहरुल सुचना माग गरेका छन । विद्यालयलाई पारदर्शी र जवाफदेही बनाउन सुचनाको हक ऐन २०६४ को दफा ३ बमोजिम सुचना माग गरिएको स्थानिय युवा बिनोद थापाले जानकारी दिए ।
विद्यालयको २०६९ साल देखी हाल सम्मको आय व्यय, विद्यालयको भौतिक संरचना, विद्यालयमा रहेको शिक्षक दरबन्दी विवरण लगायतको सुचना माग गरिएको छ ।
विद्यालय भित्र हुने गरेका गतिविधी बाहिर नआएका कारण अभिभावकहरु सुचना बाट वञ्चित भएको कारण सुचना माग गरिएको युवाहरुले बताएका छन ।सुचना माग गर्नेहरुमा विनोद थापा, विपिन पौडेल ,रामराज चौधरी, रमेश घर्ति,तथा इमरान हास्मी रहेका छन ।
प्रकाशित मिति : २०७४ कात्तिक २१ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्