अफगानिस्तानमा आक्रमणमा १३ जना प्रहरी मृत्यू



कुन्दुज,१२ कात्तिक/  अफगानिस्तानमा लडाकूको आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी अधिकारी मारिएका छन् ।

सुरक्षा चेकपोष्टमा आइतबार एकपछि अर्कोगरी भएको लडाकूहरुको आक्रमणमा १३ जना प्रहरी अधिकारी मारिएको र अर्का एकजना प्रहरी हराइरहेको पनि अफगानीस्तानी सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

‘१३ जनाभन्दा बढी सुरक्षाकर्मी तालिबान लडाकूहरुको आक्रमणमा परी मारिएका छन्, लडाकूहरुले आइतबार बिहानै कुन्दुज प्रान्तको खानबाड जिल्लामा रहेको सुरक्षा चेकपोष्टमा आक्रमण गरेका थिए,’ जिल्ला प्रमुख हायातुल्लाह अमिरीले सिन्ह्वासँग भने । (रासस÷सिन्हवा)

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १२ गते आइतबार