बाँके ।
बिष्णु प्रसाद बेल्बासेको अध्यक्षतामा उपभोक्ता हित संरक्षण मञ्च कोहलपुर गठन गरिएको छ । शुक्रबार गठन भएको समितिको उपाध्यक्षमा बैकुण्ठप्रसाद अधिकारी, सचिवमा हुमहरि भट्टराई, सहसचिवमा सरला सुवेदी र कोषाध्यक्षमा प्रतिमा कँडेल चयन भएका छन् ।
समितिको सदस्यहरूमा गोविन्द चौधरी र केशवराज रिजाल चयन भएको कोहलपुर अध्यक्ष बेल्बासेले जानकारी दिए । उनका अनुसार मञ्चका प्रदेश उपाध्यक्ष प्रभातसिंह ठकुरीको आतिथ्यमा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षणका लागि अभियान चलाउने निर्णय गरिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश उपाध्यक्ष ठकुरीले भेलालाई सम्बोधन गर्दै बजारबाट उपभोक्ताहरू ठगिन र अखाद्य बस्तु बिक्रीवितरणमा रोक लगाउनका लागि नगरपालिकाको समन्वयमा काम गर्नुपर्ने बताएका थिए ।
प्रकाशित मिति : २०८० कात्तिक २५ गते शनिबार









प्रतिक्रिया दिनुहोस्