बाँके ।
यामाहाले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी फेस्टिभल अफर सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको अफरमा यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्नेले जापान भ्रमण गर्न पाउनेछन् ।
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू एन्टरप्राइजेजले यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई ‘यामाहा फेस्टिभ सेलिब्रेसन एन्ड रोडिज पावर अफ फाइभ अफर’ ल्याएको हो ।
यस अफरअन्तर्गत यामाहाका मोटरसाइकल खरिद गर्दा ८ हजारदेखि १ लाखसम्म नगद छुट ग्राहकले पाउनेछन् । साथै, हरेक स्कुटरको खरिदमा पनि ग्राहकले ६ हजारदेखि १ लाखसम्म नगद क्यासब्याक पाउनेछन् ।

त्यसैगरी, लक्की ड्रमार्फत योजनामा यामाहाका साधन किन्नेले राइडिङ ज्याकेट, हरेक हप्ता आइफोन १४ र प्रत्येक महिना एक जना भाग्यशाली विजेता ग्राहकले जापान भ्रमणमा जान पाउनेछन् ।
नेपालभर रहेका यामाहाका आधिकारिक सोरुमबाट यो योजनामा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । साथै, यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकहरूले सहज फाइनान्स सुविधा समेत पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्