बाँके ।
नेपालगन्ज उपहानगरपालिका– १ को विशालनगर चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आइतबार राति लु.८२६४६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बर्दिया राजापुर घर भई नेपालगन्ज– १८ बस्ने ३६ वर्षीय प्रदिप थारू रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा गभ्भीर घाइते भएका उनीलाई उद्दार गरेर प्रहरीले नर्सिङ होस नेपालगन्जमा पु¥याएको थियो ।
थारूको उपचारकै क्रममा नर्सिङ होममा नै मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार उनले चलाएको मोटरसाइकल सडकमा रहेका छाडा पशु चौपायासँग ठोक्किएको थियो । दुर्घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रकाशित मिति : २०८० भदौ १२ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्