कोहलपुर ।
प्रबुद्व जेष्ठ नागरिक मञ्च कोहलपुरको साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच साधारण सभाको प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै ढकालले जेष्ठ नागरिक ज्ञानको भण्डार भएकोले सबैले साथ सहयोग गर्न आवश्यक रहेको बताए । उनले आफुले आफ्नो ठाउँ क्षेत्र र आफुले गर्न सक्ने सहयोग गर्ने विश्वास समेत उनीहरुलाई दिलाए ।
साधारण सभामा प्रबुद्व जेष्ठ नागरिक मञ्च कोहलपुर अध्यक्ष डम्मर कुमारी घिमिरेले जेष्ठ नागरिकप्रति सरकारको ध्यानाकर्षण गराइन् ।
तीन सय एक सदस्य रहेको यस प्रबुद्व जेष्ठ नागरिक मञ्चले जेष्ठ नागरिकहरुलाई एक ठाउँमा राखि विभिन्न कार्यक्रमका साथै भजनकृर्तन समेत गर्दै आएको उनले बताइन् ।
आगामी दिनमा पनि थप मजबुत भएर सबै जेष्ठ नागरिक एक भएर अगाडि बढ्ने समेत अध्यक्ष घिमिरेले बताइन् ।
साधारण सभाको अवसरमा उपस्थितलाई आजीवन सदस्यता समेत प्रदान गरिएको मञ्चका सचिव कृष्ण प्रसाद आचार्यले जानकारी
दिए । उनका अनुसार ३० जनालाई आजीवन सदस्यता प्रदान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्